अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै झुम्कामा भव्य छैठ (हेरौँ तश्विर र भिडियोमा )

रामधुनी । झुम्का लगायत सुनसरीको विभिन्न भेगका जलाशयहरूमा लोक आस्थाको महान् पर्व छठको अवसरमा आइतबार साँझ सूर्यलाई अर्घ दिएको छ ।

तीन दिनदेखि तयारी स्वरूप छठ घाट निर्माण गरेकाहरूले अस्ताउँदै गरेको सूर्यलाई आइतबार साँझ अर्घ दिएका हुन । झुम्कामा भक्तजनहरुले मोरगं सुनसरी सिंचाई आयोजनाको नहरमा भव्य छैठको घाट निर्माण गरेर अर्घ चढाएका छन् ।

अर्घसँगै धुमधामका साथ छठ पर्व सहित सांस्कृतिक र मौलिक कार्यक्रम समेत आयोजना भइरहेका छन् ।छठ माता सेवा समिति झुम्काका अध्यक्ष मिलन रौनियारका अनुसार झुम्काको नहरमा १४८ वटा घाट निर्माण गरिएको छ।

१४८ वटा घाटमा करिव ३ सय परिवारले पुजा गरिरहेको बताइएको छ । जिल्लाको र देशको सबै भन्दा ठूलो नदी सप्तकोशी नदीको महेन्द्रनगर, चक्रघट्टी, प्रकाशपुर, मधुवन, पश्चिम कुशाहा र कोशी ब्यारेज सहित दर्जन बढी स्थानमा छठको विशेष कार्यक्रम आयोजना भएका छन् ।


हजारौँ भक्तजनहरूले छठको घाटमा जाग्राम बसेका छन् । छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्म रोग छिटो निको हुने पनि विश्वास गरिन्छ ।

केही भक्तजन घरबाट साँझ र बिहान घस्रिँदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् ।

आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइसकेपछि त्यसको भोलिपल्ट अर्थात सोमबार बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिएर छठ समापन गरिन्छ ।

व्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । मधेश प्रदेश लगायत मैथिली समाजमा छठलाई मुख्यगरी र भव्य पर्वको रुपमा मनाउने गरिन्छ । उसो छठ अव तराई र मैथिली समाजको मात्र नभएर पछिल्लो समय पहाडमा पनि मनाउन थालिएको छ ।

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइसकेपछि त्यसको भोलिपल्ट अर्थात सोमबार बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिएर छठ समापन गरिन्छ ।

व्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । मधेश प्रदेश लगायत मैथिली समाजमा छठलाई मुख्यगरी र भव्य पर्वको रुपमा मनाउने गरिन्छ । उसो छठ अव तराई र मैथिली समाजको मात्र नभएर पछिल्लो समय पहाडमा पनि मनाउन थालिएको छ ।

अस्ताउँदो सूर्यलाई अर्घ दिन आइतबार साँझ राष्ट्रपति, उपराष्ट्रपति लगायत विशिष्ट व्यक्तिहरु कुपण्डोल स्थित छठ पूजा स्थल जाने कार्यक्रम तय छ ।

हजारौंको उपस्थितिमा भइरहेको पुजा कार्यक्रमसँगै छैठ माता सेवा समितिले औपचारिक कार्यक्रमको आयोजना गरेको थियो । औपचारिक कार्यक्रममा रामधुनी नगरपालिकाका मेयर, उपमेयर सहित जनप्रतिनिधिहरुले आफ्नो मन्तव्य व्यक्त गर्दै छैठको शुभकामना दिएका छन् ।

कार्यक्रममा बोल्दै श्री छठ माता सेवा समिति रामधुनीका निवर्तमान अध्यक्षले विगतका दिनमा स्थानिय सरकारले छठ माता सेवा समितिलाई खासै चासो नदिएको भन्दै यो सरकारले नहरको डिलमा पक्की घाट बनाउन सहयोग गर्न रामधुनी नगरपालिकाका प्रमुख शंकरलाल चौधरी, उपप्रमुख, तारा थापा लगायत अन्य जनप्रतिनिधिलाई आग्रह गरेका थिए ।

कार्यक्रमकी विशिष्ट अतिथि तथा रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापाले आज सम्म नगरपालिका सम्म योजनामा कुरा नउठेको र आगामी अर्थिक वर्ष देखि सक्दो वजेट विनियोजन गर्ने आश्वासन दिएकी छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.