हरिबोधनी एकादशीको अवसरमा मंसिर ७ गते बराहपोखरी महोत्सव

प्रकाश बन्जरा ।
इटहरी । हरेक बर्ष तिहार लगत्तै आउने हरिबोधनी एकादशीमा विशाल मेला लाग्ने खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराह पोखरीमा यसपाला भने महोत्सवको आयोजना गरिने भएको छ ।

बराहा पोखरीको थप प्रचार प्रसार र यहाँको विशेषतालाई चिनाउन बराहपोखरी गाउँपालिकाको आयोजनामा महोत्सव गर्न लागिएको हो । नेपाल सरकारले घोषणा गरेको सय पर्यटकिय गन्तव्य सुचीमा रहेको बराहपोखरी खोटाङ्ग जिल्लाको दक्षिणी भेगमा अवस्थित छ ।

पर्यटकिय गन्तव्यको थप प्रचार प्रसारको लागि बराहपोखरी गाउँपालिकाको आयोजना तथा खोटाङ कलाकार समाजको सह आयोजनमा आगामी मंसिर ६ गते महोत्सव गरिने भएको हो।

हरिबोधनी एकादशीमा मेला लाग्ने बराहा पोखरीमा मेलाको अघिल्लो दिन महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सवमा बराह पोखरीमा गाउँपालिकाभित्रका विभिन्न जातजातिको आ आफ्नो मौलिकता, संस्कृति र पहिचान झल्काउने झाँकि प्रस्तुत गरिने बताइएको छ साथै महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सहभागीता रहने अध्यक्ष शालिकराम बन्जाराले जानकारी दिए।

सधैं झै हरिबोधनी एकादशी यस पटक मंसिर ७ गते परेको छ । कार्यक्रममा जिल्लाका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरु अतिथिको रुपमा उपस्थित हुने भएका छन् ।

मेलालाई लक्षित गर्दै गाउँपालिकाले पालिका भरी दुई दिन सार्वजनिक बिदासमेत दिएको छ। बराहपोखरी को पश्चिम दिशामा अवस्थित शंखेश्वर महादेव मन्दिरको वरिपरि आफ्नो पितृको सम्झनामा भजन, कीर्तन र रुद्री पाठ गर्न दर्शनार्थी बराहपोखरी आउने गरेका छन् ।

बराह पोखरीमा रहेको मेला भर्न, घुमफिर गर्न, दर्शन गर्न र पोखरीको दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । ४ दशमलव ४६ हेक्टरमा फैलिएको ‘अर्धचन्द्राकार’ पोखरी धार्मिक दृष्टिले समेत प्रशिद्ध छ । यस पोखरीमा नुहाउँदा घाउ खटिरा नआउने विश्वास गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.