मृगौला प्रत्यारोपणका लागि सहयोगको याचना गर्दै पत्रकार पिवि दियाली, डा. खगेन्द्र ओलीको नेतृत्वमा बचाउ अभियान

इटहरी । लामो समयदेखि लोकतन्त्र र पत्रकारिताको आन्दोलनमा सक्रिय पत्रकार प्रेम बहादुर दियाली (पि .वि दियाली )ले आफु मृगौलाको समस्याले ग्रसित भएको बताउँदै सहयोगको याचना गरेका छन् ।

करिव १ बर्ष अघि देखि बारम्बार स्वास्थ्यमा समस्या देखिएका कारण उपचारमा लागेका पत्रकार दियालीलाई डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएपछि आर्थिक अभावका कारण थप पिडित बनेका हुन ।

आर्थिक अवस्था कमजोर रहेका कारण प्रत्यारोपण गर्न नसकिरहेको गुनासो दियालीको छ । विराटनगरको नोबेल अस्पतालमा उपचार गराउदै आएका उनी केहि दिन अघिमात्रै न्युरो अस्पतालमा भर्ना भएर केहि दिनका लागि डिस्चार्ज पाएका हुन ।

करिव एक साता पहिला सहयोगको याचना गरेका उनको उपचारको लागि सहयोग जुटाउन इटहरीका डा. खगेन्द्र ओलीको संयोजकत्वमा पि.बी दियाली बचाउ अभियान शुरु भएको थियो ।

अभियानबाट हालसम्म १ लाख २७ हजार रकम जुटेको र सो रकम उपचारमा खर्च भइसकेको अभियानकर्मी डा. खगेन्द्र ओलीले बताएका छन् । सहयोग रकम जुटेपनि खर्च भई सकेकाले आफुलाई उपचारका लागि थप सहयोग आवश्यक पर्ने बताउँदै पत्रकार दियालीले सहयोगी मनहरूलाई आग्रह गरेका हुन ।

शुक्रबार अभियानबाट संकलन भएको रकम र दियालीको स्वास्थ्य अवस्थाका विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा हाल सम्म एक लाख २७हजार ७सय १५ रुपैया संकलन भएको जानकारी अभियानका संयोजक डा. ओलीले दिएका छन् ।

आफनो स्वास्थ्य अवस्थाका विषयमा जानकारी गराउदै मृगौला प्रत्यारोपणका लागि १०लाख भन्दा वढी रकम लाग्ने र आफनो आर्थिक अवस्था कमजोर रहेकोले सो रकम खर्च गर्ने अवस्था नभएको गुनासो पत्रकार दियालीको छ ।

पत्रकार सम्मलेनमा अभियानका सह संयोजक रमेश खत्री, पत्रकार दियाली लगायत अभियानमा आवद्ध अन्य सदस्यहरुको उपस्थिती थियो । तीन दशक देखि इटहरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका दियाली मकालु टुडे र गणराज्य साप्ताहिक पत्रिका प्रकाशन गर्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.