प्रकाश बन्जारा ।
इटहरी । इन्टरनेट आज हर घरको आवश्यकता बन्दै गइरहेको छ । हिँजो भन्दा आज यसको थप माग बढेको छ । यदि तपाई पनि आफ्नो घर तथा अफिसको लागि इन्टरनेटको खोजी गर्दै हुनुहुन्छ भने बोर्डलिंक नेटवर्क तपाईहरुको साथी बन्न सक्छ ।
इटहरीमा २०७६ सालमा स्थापना भएको म्याक्स टिभी नेटवर्क प्रालि अहिले बोर्डलिंकसँग मर्ज भएर कोशी प्रदेशका बिभिन्न जिल्लाहरुमा इन्टरनेट सेवा प्रवाह गरिरहेको छ ।
म्याक्स टीभीले सुनसरीको इटहरी तथा आसपासका ग्राहकहरूका लागि झुम्का र इटहरीमा शाखा विस्तार गरेको छ भने मोरङका सुन्दरहरैंचा तथा बेलबारी नगरपालिका र आसपासका ग्राहकहरूका लागि गछिया र विराटचोकमा शाखा स्थापना गरेर इन्टरनेटका सेवा प्रवाह गरिरहेको छ ।
अहिले आफुहरुले इन्टरनेट, आईपिटिभी तथा डिजिटल टेलिभिजनको सेवा प्रदान गरिरहेको म्याक्स टेलिभिजन नेटवर्क प्रा लि इटहरीका प्रमुख हेम पौडेल बताउँछन् ।
कुनै समय इन्टरनेट मुख्य आवश्यकतामा पर्दैनथ्यो तर अहिले आवश्यकताभन्दा बढी भइरहेको छ । कोरोनाको लकडाउन सम्म इन्टरनेटलाई मुख्य आवश्यकतामा राखिएको थिएन तर त्यसबेला विद्यार्थीहरुका लागि शुरु गरिएका अनलाइन कक्षाहरूका कारण इन्टरनेटको आवश्यकता ह्वात्तै चुलियो डिमाण्ड सँगै इन्टरनेट सेवा प्रदायकहरु पनि निकै थपिएका छन् तर प्रतिस्पर्धाको बजारमा फाइदा भने ग्राहकलाई पुगेको म्याक्स टिभी नेटवर्कका हेम पौडेलको बुझाई छ ।
प्रतिस्पर्धी बजारमा थुप्रै इन्टरनेट सेवा प्रदायकहरु छन् जसमा बोर्डलिंक अथवा म्याक्स टिभी नेटवर्क नै किन छान्ने त हामीले प्रश्न गर्योँ ।जवाफ सरल थियो ‘हामी सुलभ दरमा छिटो सेवा प्रवाह गर्छौँ समस्या आएको खण्डमा तुरुन्त सर्भिस दिन्छौँ । सेवा बेच्नु ठुलो कुरा होइन बेचि सकेपछि दिने सर्भिस ले ठुलो महत्व राख्छ ।’
धेरै इन्टरनेट सेवा प्रदायकहरु एउटा शाखा कार्यालयबाट जिल्लाभर सेवा दिन्छौँ भन्दै सेवा विस्तार गर्छन तर बोर्डलिंक नेटवर्क प्रदान गर्दै आएको म्याक्स टीभीले भने जहाँ सेवा विस्तार गर्ने हो त्यहीँ नजिकै शाखा कार्यलय रहेको हुँदा ग्राहकलाई सहज हुने बताउँछन।
म्याक्स टिभी नेटवर्कसँग जोडिनुको अर्को फाइदा भनेको सेवा सकिन लागेको कम्तिमा एक हप्ता पहिल्यै जानकारी आउनु, ग्राहक शाखा कार्यलय सम्म आउन नभ्याएको खण्डमा कम्पनीको कलेक्टर घरमै आएर शुल्क लिएर पनि इन्टरनेट नविकरण गरिनु साथै अनलाइनबाट समेत भुक्तानी गर्न सकिनु समेत रहेको म्याक्स टिभी नेटवर्कका अर्जुन निरौला बताउँछन् ।
त्यसो त म्याक्स टीभीले इन्टरनेटमा समस्या आएका ग्राहकले गुनासो गरेको खण्डमा तुरुन्त समस्याको समाधान गरिदिने र ग्राहकै घरमा आउनु पर्ने अवस्था आए समेत २ घण्टा भित्र प्राविधिक टोली घरमै पुग्ने कम्पनीको दावी छ ।
कल सेन्टरबाट रातको ११ बजेसम्म सेवा दिने म्याक्सले दिनको १२ घण्टा कार्यलय खुल्ला रहने गरी सेवा प्रदान गरिरहेको छ । अहिले आफूहरुसँग कम्तिमा ५० एमविपिएस देखि लिएर बढीमा ३ सय एमविपिएस सम्म गतिको नेट सेवा प्रदान गरिरहेको बताएको छ ।
घर तथा अफिसको इन्टरनेट सेवाका लागि सहज र सुलभ शुल्क सहित बोर्डलिंकसँगको समन्वयमा रहेको म्याक्स टिभी नेटवर्क तयार रहेको बताउँछ ।
कम्पनीले दशैँ तिहार अफर अन्तर्गत ५० एमविपिएस गतिको इन्टरनेट जोड्ने ग्राहकलाई १ सय एमविपिएस गतिको इन्टरनेट दिने साथै एक बर्षको सेवा खरिद गर्ने ग्राहकलाई १ महिना निशुल्क सेवा थप गरिदिने साथै अहिले भइरहेको म्याक्स टीभीका ग्राहकले आफ्नो कम्पनीको इन्टरनेट रिफर गरेको खण्डमा समेत एक महिनाको बोनस पाउने बताइएको छ ।
घर होस या कार्यलय, हामी सुलभ शुल्क र सरल सेवा सहित ग्राहकको घरदैलोमा सेवा दिन्छौँ म्याक्स टिभी नेटवर्कका अर्जुन निरौलाले बेष्ट सञ्चारलाई सुनाए ।
प्रतिस्पर्धी बजारमा थुप्रै इन्टरनेट सेवा प्रदायकहरु छन् जसमा बोर्डलिंक अथवा म्याक्स टिभी नेटवर्क नै किन छान्ने त हामीले प्रश्न गर्योँ ।
जवाफ सरल थियो ‘हामी सुलभ दरमा छिटो सेवा प्रवाह गर्छौँ समस्या आएको खण्डमा तुरुन्त सर्भिस दिन्छौँ । सेवा बेच्नु ठुलो कुरा होइन बेचि सकेपछि दिने सर्भिस ले ठुलो महत्व राख्छ ।’