इटहरी । बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत शिक्षक डाक्टर र पदाधिकारीहरुबिच सहमति भएको छ ।
मेयर हर्क साम्पाङको रोहवरमा प्रतिष्ठानको गेष्ट हाउसमा भएको वार्तामा आज आन्दोलनकारी र पदाधिकारीहरुबिच सहमति भएको हो । तीन बुदे सहमतिपछि एक महिनादेखि आन्दोलनरत डाक्टरहरु आजैदेखी काममा फर्कने भएका छन् ।
मेयर साम्पागंले आफुले विवाद मिलाउन मध्यस्तकर्ताको भुमिका निर्वाह गरेको बताउँदै सामाजिक संञ्जालमा पोष्ट गरेका छन् । विवादका कारण लामो समय देखि बीपी प्रतिष्ठान बन्द जस्तै थियो ।
सहमति पश्चात् आयोजित धन्यवाद कार्यक्रममा मेयर साम्पाङले सहमति कार्यान्वयन गराउन लागि पर्ने बताए । शिक्षक कल्याण समाजका अध्यक्ष डा।सेराज अहमद खानले सहमति भएकोमा खुशी व्यक्त गर्दै मेयर साम्पाङलाई धन्यवाद दिएका थिए । विधार्थी कल्याण समाजका अध्यक्ष डा। ओम शान्ति रजकले पनि वार्ता सफल गराउन भुमिका खेल्नेहरुलाई धन्यवाद दिदै भविष्यमा पठनपाठन बन्द गर्ने गरि आन्दोलन नगर्न आग्रह गरे ।
बार्ता स्थलबाट बाहिरिँदै मेयर साम्पागंले कर्मचारीहरुको मागबारे ठुलो विवाद नभएकोले सहजरुपमा समाधान हुने र सहमतिको खाका बनिरहेको प्रतिक्रिया दिएका थिए ।