सेभ द अर्थ सुनसरीको २४ ओैँ स्थापना दिवस सम्पन्न १८ जना कर्मचारी सम्मानित

राजन भट्टराई ।
झुम्का । सेभ द अर्थ सुनसरीको २४ ओैँ स्थापना दिवस एक कार्यक्रम गरि शुक्रबार सम्पन्न भएको छ । स्थापना दिवसको अवसरमा संस्थाले विभिन्न ओहोदामा रहेर उत्कृष्ट कार्य गर्ने १८ जना कर्मचारीहरुलाई सम्मान समेत गरेको छ ।

२३ वर्ष अघि सामाजिक क्षेत्रको अवस्था परिवर्तन गरि समुन्नत समाजको विकास गर्ने लक्ष्यका साथ स्थापना भएको सेभ द अर्थ अर्थात अन्तर्राष्ट्रिय पृथ्वी बचाउ संस्थाले आफ्नो उदेश्य अनुरुपको कार्ग गर्दे २४ ओैँ स्थापना दिवस सम्पन्न गरेको हो ।

बिभिन्न दातृ संस्थाहरुको अर्थिक तथा प्राविधिक सहयोग तथा स्थानिय सरकारको सहयोग लिदै शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण, सरसफाई तथा वृक्षारोपण, महिला समूह गठन , अर्गानिक तरकारी खेतीको तालिम तथा मल बीउ वितरण, युवा समूह गठन तथा समाजिक परिचालन, जस्ता काम गर्दै आएको संस्थाका अध्यक्ष पुष्प भट्टराई वताए ।

संस्थाले हाल इटिसि नेपालको सहयोगमा एकीकृत सामुदायिक विकास कार्यक्रम रामधुनी नगरपालिकाको वडा नम्बर २,४,८ र ९ मा काम गरिरहेको छ भने फेरमेड नेपालको अर्थिक सहयोगमा सञ्चालित विश्वास परियोजना अन्तरगत उपेक्षित उष्ण प्रदेशिक रोगहरुको न्युनिकरण गर्न सुनसरीको दुहवी र इनरुवा नगरपालिका र कोशी, भोक्राहानरसिंह,गढि, हरिनगरा,वर्जु र देवानगन्ज गाँउपालिका कार्यक्रम सञ्चालमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

रामधुनी नगरपालिकाका नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि शंकरलाल चौधरी संस्थाले सुनसरीको विकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए भने अगामी दिनमा नगरको पनि सहयोग निरन्तर रहने बताए ।

कार्यक्रममा गैरसरकारी संस्थाका जिल्ल अध्यक्ष , रामधुनी नगरपालिका शिक्षा शाखाका प्रमुख राजन गेलाल, रामधुनी वडा नम्बर ८ र ९ का अध्यक्ष नागरिक समाज रामधुनीका अध्यक्ष दुर्गा फुयाल लगायतको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.