इटहरीको एक्सप्रेसको अर्गानिक कफी ट्रेनिङ स्कुलमा बारिस्टा सिक्नेको भिड, ६ महिनामा २ सय बढीले सिके,

इटहरी । देशमा बेरोजगारी समस्या बढेपछि सफ्ट स्किल अर्थात छोटो समयमा सिकिने सिप सिक्नेको निकै ठुलो भिड छ ।

कफीलाई मन पराउनेको संख्यामा वृद्धि भएसँगै कफीसँग खेल्ने बारिष्टाको तालिम लिने र त्यसैमा रोजगारीको भविश्य खोज्नेहरु अहिले बारिष्टा तालिका केन्द्रमा भिड लाग्ने गरेका छन् ।

इटहरीको एक्सप्रेसको अर्गानिक कफी टे«निङ्ग स्कुलमा पनि बारिष्टाको तालिम लिनेको भिड निकै ठुलो भएको त्यहाँका संचालक बताउँछन् ।
६ महिना अघिमात्रै बारिष्टाको तालिम गराउने विद्यालयको स्थापना गरेका विवेक खरेल अहिले आफ्नो बारिस्टा स्कुलमा सिक्न आउने विद्यार्थीको चाप देखेर मख्ख छन् ।

त्यसो त कोरोना काल भन्दा केहि समय अघिमात्रै व्यावसायीक सम्भावना देखेर इटहरी आएका खरेल यस पहिलाको व्यावसायमा अपेक्षित सफलता लिन सकेका थिएनन् ।

पछिल्लो समय विदेशी कलेजमा अध्ययनका लागि विदेशिने विद्यार्थीहरुको संख्या बढेसँगै केहि सिप त सिकेर जाउँ न भन्ने विद्यार्थीहरु बारिष्टाको तालिम लिन आउने गरेका छन् ।

स्थापनाको ६ महिनाको अवधिमै यो बारिष्टाको तालिम दिने विद्यालयले २ सय जनाभन्दा बढी विद्यार्थीलाई बारिष्टामा पोख्त बनाइसकेको छ ।
यस अघि हाइ लाइन् विनको फ्रेन्चाइज सुरु गरेको विवेकलाई हाइ लाइनसँगको सम्झौता कार्यान्वयनमा समस्या आएपछि एक्सप्रेसको अर्गानिक कफी टे«निङ्ग स्कुलसँगको टाई अपमा बारिष्टाको तालिम दिलाउन थालेका हुन ।

मोरङको उर्लाबारीमा यस अघिकै स्थापना भएर ब्रान्च चलाइरहेको यस स्कुलले इटहरीमा पनि आफ्नो ब्रान्डलाई स्थापित गरिसकेको रहेछ ।
कम्पनीको तर्फबाट मान बहादुर श्रेष्ठ बारिष्टाको तालिम दिन हप्ताको ३ दिन इटहरी आउने र आफ्नो स्कुलमा तालिम दिने गरेको विवेकले बेष्ट सञ्चारलाई सुनाए ।

तालिम लिएर देशमै केहि काम गर्छु भन्ने भन्दा पनि विदेश जानकै लागि तालिम लिन आउनेहरु बढी भएको खरेल सुनाउँछन् ।
यो तालिम केन्द्रले दैनिक १ घण्टा कक्षा र २ घण्टा प्रयोगात्मक गरेर तालिम दिने गरेको छ ।

कक्षा र संगै प्रयोगात्मक कक्षा हुँदा विद्यार्थीलाई कफी सम्बन्धि ज्ञान र बिभिन्न प्रकारका कफी कसरी बनाउने भन्ने कुराको समेत ज्ञान हुन्छ जसले विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउने संचालक खरेलले बेष्ट सञ्चारलाई सुनाए ।

नवौँ शताव्दी इथियोपियाबाट अन्वेशणमा आएको कफी १९ औँ शताव्दी आएपछि विश्वव्यापी रुपमा चर्चित हुँदै आएको छ । विश्वका धेरै मुलुकमा चियालार्य भन्दा कफीलाई व्यावसायीक हट ड्रिंक को रुपमा प्रयोग गर्न थालिएसँगै यससँग खेल्ने विज्ञ कर्मचारीहरुको माग बढेको हो । विश्व बजारमा यसको माग बढेसँगै विदेश पढ्नको लागि जाने विद्यार्थीले समेत सहजै काम पाउनको लागि बरिष्टाको तालिम लिएर विदेश जान थालेका छन् । फल स्वरुप कफी तालिम दिने विद्यालयहरुको विद्यार्थीहरुको घुइँचो लागेको बताइन्छ ।

कफी नेपालका समेत ४० भन्दा बढी जिल्लामा खेत गर्ने गरिन्छ । विश्वमा धेरै माग हुने अरेविका कफी धेरै जसो उचाईमा फल्ने भएको हुँदा नेपाल कफी खेतीको लागि योग्य मानिएको छ । तर यहाँ उत्पादन भएको धेरै कफी विदेश निर्यात हुने र यहाँ भन्दै भारत लगायतका देशबाट कफी आयात हुने गरेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

सामान्य तथा कफीको मुल्य नेपाली बजारमा १ सय रूपैँयाबाट शुरु भएर नर्मल रेष्टुरेन्टहरुमा २८० देखि ३०० रुपैँया सम्म एक कपको पर्न आउँछ । नेपाली समुदायमा क्रय शक्तिको कमीले पनि कफी प्रयोग कर्ता कम छन् तर विश्व बजारले भने कफीलाई महत्वका साथ हेर्ने हुँदा कफीमा खेल्ने बारिष्टाको कामलाई महत्व दिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.