एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

झापा । झापाको बिर्तामोडमा एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

बिर्तामोड १ स्थित अधुवा पुलनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सिंहदेवी कृषि सहकारी संस्था इलामको मे १ च ४६२३ नम्बरको एम्बुलेन्सले पैदलयात्री बिर्तामोड ४ बस्ने ६९ वर्षीया सीतादेवी साह कलुवारलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते कलुवारलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएकोको थियो । बीएण्डसीबाट प्रादेशिक अस्पताल भद्रपुर पुर्याइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

दुर्घटनापछि एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.