राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेललाई सहकारी अभियान्ता पुरस्कार

इटहरी । राष्ट्रिय सहकारीमहासंघका अध्यक्ष मीनराज कँडेल सहकारी अभियान्ता पुरस्कार २०७९ बाट सम्मानित भएका छन् ।

कोशी प्रदेशको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको २८ औँ स्थापना दिवसको अवसरमा कँडेललाई उक्त सम्मान प्रदान गरिएको हो । किसान कल्याणले गत बर्षबाट प्रदान गर्न सुरुवात गरेको सहकारी अभियान्ता पुरस्कार यो बर्ष कँडेललाई प्रदान गरिएको हो । गत बर्ष उक्त पुरस्कार संस्थाकै संस्थापक अध्यक्ष चुडामणि लम्सालले पाएका थिए ।

वि.स २०१७ सालमा जन्मिएका कँडेल २०५३ सालमा धादिङको जनकल्याण साकोसको अध्यक्ष हुँदै सहकारी अभियानमा प्रवेश गरेका थिए । भने २०५४ देखि २०५९ सम्म नेपा बचत तथा ऋण सहकारी संघ नेफ्स्कुनको उपाध्यक्ष, २०६४ देखि ७० सम्म अकुको दोस्रो उपाध्यक्ष,सन् १०१२ देखि १४ सम्म प्रथम उपाध्यक्ष हुँदै २०६४ मा राष्ट्रिय सहकारी बैँकको सञ्चालक, बरिष्ट उपाध्यक्ष हुँदै २०७६ देखि महासंघको अध्यक्षको जिम्मेवारीमा छन् । कंडेल २०७८ साल देखि अन्तराष्ट्रिय सहकारी महासंघको एसिया प्यासिफिक सञ्चालक समेत रहँदै आएका छन् ।

उनलाई किसान कल्याणले २७ बर्षदेखि सहकारी अभियानको गुणात्मक विकास र मात्रात्मक विस्तारमा अतुलनीय योगदान पुर्याएको भन्दै उक्त योगदानको कदर गर्दै नगद सहित सम्मान गरेको हो । कँडेललाई किसान कल्याण बचत तथा ऋण सहकारी संस्था इटहरीका अध्यक्ष शालिकराम ढकालले सम्मान पत्र प्रदान गरेका थिए ।

सम्मान पत्र ग्रहण पछि प्रमुख अतिथिको रुपमा रहेका कंडेलले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा उदाहरणको रुपमा थुप्रै सहकारी संस्थाहरुले राम्रो का मगर्दै आएको बताउँदै किसान कल्याण कोशी प्रदेश तथा देशमै पनि उत्कृष्ट सहकारीको रुपमा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.