इटहरी ३ मा दुर्गा पुजा तथा सर्वेश्वर राधाकृष्ण मन्दिरको शिलान्यास

मनोरथ फुयाल ।
इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ३ पुराण चोक स्थित गैरी टोलको दुर्गा मन्दिरमा वडा दशैँको अवसरमा दुर्गापूजा शुभारम्भ गरिएको छ ।

क्लशयात्राबाट शुरु गरिएको कार्यक्रम टोल परिक्रमा गरी राधाकृष्ण मन्दिरको शिलान्यास गरिएको थियो । मन्दिर शिलान्यासमा कार्यक्रमकी प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरी साथै उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली साथै इटहरी वडा नम्बर ३ का अध्यक्ष उमेश सुवेदी र धार्मिक गुरु १०८ गुरु महाराज दीनबन्धु शास्त्रीले गरेका थिए ।

मन्दिरलाई जग्गा प्रदान गर्ने स्थानीय उत्तम सिहं खाम्तेलको समेत कार्यक्रममा उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित अतिथीहरुले अहिले धर्मको बिषयमा भएका बिभिन्न गलत प्रचारको बारेमा बोल्दै आवश्वासनमात्रै नभएर सकेको सहयोग सबैले गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

खेम अचार्यले स्वागत गरेको कार्यक्रममा जेष्ठ नागरिक धनमाया खड्का, नव दुर्गा मन्दिरका जग्गा दाता लाल बहादुर थापा लगायत स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर बस्नेतको सभापतित्वमा भएको कार्यक्रम राजन भट्टराई, रमेश पाण्डेले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.