मनोरथ फुयाल ।
इटहरी । इटहरीको शान्तिनगर नारी बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्ष २०७९÷८० मा ५४ लाख ४७ हजार २०८ रुपैँया कुल सञ्चालन आम्दानी गरेको छ ।
शुक्रबार सम्पन्न संस्थाको १५ औँ बार्षिक साधारणसभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत वित्तीय विवरण प्रस्तुत गर्दै संस्थाकी अध्यक्ष गंगा कुमारी गुरुङ्गले संस्थाले एक बर्षको अन्तरालमा नाफामा उल्लेख्य प्रगती गरेको बताइन । सहकारीले अघिल्लो आर्थिक बर्षको अन्यमा ५२ लाख ४८ हजार ४४६ रुपैँया कुल सञ्चालन आम्दानी गरेको थियो ।
सा कोसले संचालन खर्च कट्टी गरेरै पनि आर्थिक बर्ष २०७९ ८० मा १५ लाख ५४ हजार ५२० रुपैँया आम्दानी गरेको छ । १ करोड २१ लख ५८ हजार ९ सय रुपैँया शेयर पुजी रहेको सहकारी संस्थाले गत आर्थिक बर्षमा १२ करोड ३१ लाख ७८ हजार ९ सय रुपैँया निक्षेप संकलन गर्दै ६ करोड ७३ लाख ९१ हजार १५६ रुपैँया कर्जा लगानी गरेको बताएको छ । संस्थासँग ९१८ जना सेयर सदस्य रहेको बताएको छ ।
१५ औँ साधारणसभाको अवसरमा प्रमुख अतिथिको मन्तव्य राख्दै इटहरी उपमहानगरको सहकारी शाखा प्रमुख बालकुमार पोखरेलले संस्थाको आर्थिक प्रतिवेदन हेर्दा आर्थिक अवस्था सन्तोषजनक रहेको बताउँदै आफुले चिनजान गरेको स्थानीय संचालक समिति रहेको सहकारीमा मात्रै कारोबार सुरक्षित रहेको बताए ।
पोखरेलले संस्थाको अवस्था राम्रो छ भनेर ढुक्क भएर नबस्न र सजग रहेर समय समयमा संस्थाको गतिविधि र कारोबारको अवस्था नियाल्न सदस्यहरुलाई आग्रह समेत गरेका छन् ।
इटहरी उपमहानगरले नगरका १७० वटा सहकारी मध्ये राम्रा लाई पुरस्कृत गर्ने योजना बनाएको समेत प्रमुख अतिथी पोखरेलले बताए । संस्थाले साधारणसभाको अवसरमा नियमित बचत गर्ने नरमाया काफ्ले उत्कृष्ट ऋणी सदस्य कौशिला पराजुली , भावना तामाङ्ग र माया श्रेष्ठलाई सम्मान गरेको थियो भने संस्थाकी सल्लाहाकार कमला लिम्बुले शुभकामना मन्तव्य राखेकी थिइन । साधारणसभा संस्थाकी अध्यक्ष गंगा कुमारी गुरुङ्गको सभापतित्वमा सम्पन्न भएको थियो ।