लालपुर र बक्लौरी बजारमा रामधुनी नगरपालिका र उद्योग वाणिज्य संघको अनुगमन, म्याद गुज्रेका खाद्यवस्तु सोहि ठाउँमा डिस्पोज

झुम्का । रामधुनी नगरपालिकाले र उद्योग वाणिज्य संघ झुम्काको सहजीकरणमा नगरको वडा नम्बर ३, ४ र ६ को बजार अनुगमन गरेको छ ।

चाडपर्व लक्षित गरेर उपभोक्तालाई मार नपरोस भन्ने हेतुले बजार अनुगमन गरिएको नगरपालिकाले बताएको छ । नगरपालिकाको राजश्व तथा अनुगमन बिभागका प्रमुख सुवोध निरौला सहित स्वास्थ्य शाखा प्रमुख नगेन्द्र पौडेल र पशुसेवा शाखाका दुर्गा प्रसाद पराजुली सहितको टोलीले लालपुर बजार तथा वडा नम्बर ६ को बक्लौरी बजारमा रहेका खाद्य पसल तथा होटलहरुको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा उपभोग गर्न नमिल्न म्याद गुज्रिएका बस्तु व्यापारीको पसलमा भेटिएपछि व्यापारीलाई सचेत गराउँदै आइन्दा यस्ता सामान नबेच्ने शर्तमा छाडिएको अनुगमन अधिकारीहरुले बताएका छन् ।

अनुगमनमा व्यापारीले व्यावसाय दर्ता गरे नगरेको समेत हेरिएको थियो । बक्लौरी बजारमा वडा नम्बर ६ का वडाध्यक्ष शिव शंकर राजधामी र वडा नम्बर ४ को अनुगमनमा त्यहाँका वडा अध्यक्ष कमल कार्की उपस्थित थिए ।

अनुगमनमा उद्योग वाणिज्य संघ झुम्काको तर्फबाट सचिव मनिष गेलाल, कोषाध्यक्ष सुनिल चौधरी, सदस्यहरु जिवन मगर, शंकर साह, रोशन घिमिरे लगायतको उपस्थिती रहेको थियो भने प्रस्ताविक इलाका प्रहरी कार्यालय झुम्काबाट प्रहरी निरिक्षक समेतको सहभागिता रहेको थियो ।अनुगमनको नेतृत्व वडा नम्बर १ का वडा सदस्य रामभरोस रौनियारले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.