प्रकाश बन्जारा ।
इटहरी । आँखा मानिसको बाहिरी संसार देखाउने अवयव हो । जव आँखाले देख्न सक्ने शक्ति घटाउँछ तव संसार जति सुन्दर भएपनि देख्न सकिदैन । हो त्यसैको निदानको लागि सुनसरीको इटहरीमा सञ्चालित नव दृष्टि आँखा अस्पताल सबैको गन्तव्य बन्दै गइरहेको छ ।
कुनै एउटा बिभाग मात्रैको हस्पिटल चलाउनु चानचुने कुरा होइन आँखासँग जोडिएको अर्को कुनै समस्या आयो भने अर्को हस्पिटल रिफर गरि हाल्नुपर्छ तर इटहरीको नव दृष्टि आँखा हस्पिटलले आँखासँग सम्बन्धित समस्याको भने सम्पुर्ण उपचार एउटै थलोमा पाउने गरिको सेवा सञ्चालन गर्दैछ ।
भारतमा एमविविएस सकाएर काठमाण्डौको टिचिङ हस्पिटलबाट आँखा सम्बन्धमा विशेषज्ञता पाएका डा. विजय गौतमले आफ्नै थलोमा केहि गर्नुपर्छ भन्ने सोचका साथ स्थापना गरेको नव दृष्टि आँखा अस्पताल आज प्रदेश एकका धेरै जसो बिरामीको लागि संसार देख्ने गन्तव्य बन्दै गइरहेको छ ।
२०७५ सालमा स्थापना भएर आँखा सम्बन्धि विशेषज्ञ सेवा दिन थालेको नव दृष्टिमा अहिले पालो कुरेरै उपचार गर्ने थुप्रै बिरामी छन् तर करिव १०० जनाको टोलीले सकेसम्म सोहि दिनमै धेरै सेवा प्रदान गर्ने गरेको नव दृष्टि आँखा अस्पताल इटहरीका एड्मिन अफिसर रोशन कार्की बताउँछन् ।
डा. बिजय गौतम र डा. पुजा गौतम राईको संस्थापन एंव विशेष निगरानीमा सञ्चालित नव दृष्टि आँखा अस्पतालमा गुल्कोमा, कोर्निया, रेटिना र आकुलो प्लाष्टिक सर्जरीको सेवा प्रदान गरिरहेको हस्पिटलमा डा. बिजय गौतम, डा. पुजा गौतम राई, डा.रोशन देव यादव र डा.प्रेरणा अज्र्याल विशेषज्ञको रुपमा छन् भने जेनेरल अप्थामोलोजिष्टमा डा. अशेष राई र डा. टे«सा बडे श्रेष्ठको सेवा रहेको हस्पिटलले बताएको छ ।
नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम मार्फत समेत उपचार गरिरहेको नवदृष्टिमा चाँडै आँखा सम्बन्धि अन्य २ वटा बिभाग थप गर्ने योजना रहेको हस्पिटलका अध्यक्ष डा. बिजय गौतमले बेष्ट सञ्चारलाई बताए । डा. गौतमका अनुसार नव दृष्टिलाई आँखा सम्बन्धि मल्टिस्पेसलिटी हस्पिटलको रुपमा विकास गर्ने योजना छ ।
बिशेषज्ञ डाक्टर मार्फत २४ घण्टै आपतकालिन सेवा प्रदान गरिरहेको नवदृष्टिले स्वास्थ्य बिमा कार्यक्रम मार्फत एक हजार सम्म मुल्यको चस्मा निशुल्क उपलव्ध गराउने गरेको बताएको छ ।
दैनिक औषतमा ३ सय देखि माथि विरामीको उपचार गर्ने नवदृष्टिले मासिक १० हजारको हाराहारी बिरामीलाई ओ.पि.डि सेवा प्रदान गरिरहेको छ । हस्पिटलले तुम्लिङटार, केराबारी, तरहरामा नव दृष्टि आई केयर सञ्चालन गरेको छ भने सुनसरी, मोरङ्ग र धनकुटामा बिभिन्न समयमा निःशुल्क आँखा शिविर समेत सञ्चालन गर्ने गरेको छ । यस्तो क्याम्पहरू सञ्चालन गर्दा विरामीलाई निशुल्क औषधी सेवा उपलव्ध गराउने गरेको र थप उपचार गर्नुपरेको खण्डमा नवदृष्टिमा बोलाउने गरिएको बताएको छ ।
बेला बेलामा आयोजना हुने यस्ता क्याम्पहरुमा निःशुल्क चस्मा समेत उपलव्ध गराइने हस्टिलका एड्मिन अफिसर रोशन कार्की बताउँछन् । स्वस्थ्य आँखा सुन्दर संसार भन्ने नाराका साथ सेवा प्रदान गरिरहेको नवदृष्टिले व्यस्तताका बावजुद आउने बिरामीहरूका लागि प्रिमियम शुल्कमा फास्ट ट्रयाक सेवा समेत प्रदान गर्ने गरेको बताएको छ ।
थप गुणस्तरीय सेवा प्रदान गर्न दिनको साढे ४ बजेदेखि एक्टेन्डेन्ट ओपिडी सेवा मार्फत साँझ ६ बजेसम्म सेवा प्रदान गर्ने हस्पिटलले बताएको छ ।