कार्तिक १७ देखि इटहरीमा प्रथम अल्टिट्युड रनिङ्ग कप फुटवल प्रतियोगिता, बिजेतालाई २ लाख २२ हजार पुरस्कार

प्रकाश बन्जारा ।
इटहरीमा स्थापना भएको अल्टिट्युड क्लवले आगामी कार्तिक १७ गतेदेखि २५ गतेसम्म प्रथम अल्टिट्युड रनिङ्ग कप फुटवल प्रतियोगिता गर्ने भएको छ ।

इटहरी १९ मा रहेको बरमपुर खेलमैदानमा आयोजना हुने उक्त रनिङ्गसिल्ड प्रतियोगिता ३ बर्ष सम्म निरन्तर चल्ने समेत आयोजक अल्टिट्युड क्लवले बुधबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणा गरेको छ ।

क्लवका अध्यक्ष तथा नेपाल ओलम्पिक एसोसियसनका उपमहासचिव पिताम्बर तिमल्सिनाले इटहरी १९ मा स्थापना गरिएको अल्टिट्युड पार्कको समेत प्रमोसन गर्नेगरी सो क्षेत्रलाई चिनाउन उत्तः स्थानमा खेलको आयोजना गर्न लागिएको बताएका छन् ।

कुल लागत ४६ लाखमा गर्न लागिएको प्रतियोगितामा नेपाल प्रहरी, शसस्त्र प्रहरी सहित ८ वटा टिमको सहभागिता रहने बताइएको छ भने सहभागि क्लवले ५ जनासम्म विदेशी खेलाडी समेत सहभागि गराएर प्रतिस्पर्धामा भाग लिन सक्ने खेल संयोजक मनोज तामाङ्गले बताए ।

हरेक विद्यामा समेत पुरस्कार र मायाको चिनो प्रदान गरिने साथै म्यान अफ द म्याचलाई समेत राम्रो पुरस्कार राशीको स्थापना गरिएको बताउने आयोजकले उप बिजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैँया नगद पुरस्कार प्रदान गर्ने बताएको छ ।

पत्रकार सम्मेलनमा उपस्थितलाई स्वागत गर्दै क्लवका उपाध्यक्ष सुन्दरमणि राईले समाजको उचाई जिम्मेवार युवालाई भन्ने नारासहित क्लवको स्थापना भएको र यसले शिक्षा, स्वास्थ्य , वातावरण र खेलकुदको क्षेत्रमा का मगर्ने बताए । पत्रकार सम्मेलनको सन्चालन संस्थाका सचिव रोशन भुजेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.