इटहरी । इटहरीको बालग्राममा मुख्य कार्यालय रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो इकाइ गत साधारणसभा गर्नेक्रममा सदस्य बन्नेको लहर कायम रहेको छ ।
बुधबार सुनसरीको इटहरी १२ स्थित खनारमा भएको इकाई गत साधारणसभामा इटहरी उपमहानगरको वडा नम्बर १२ र १३ का वडा अध्यक्ष सहित ३ जना जनप्रतिनिधि संस्थामा नयाँ सदस्य बनेका छन् ।
२२ हजार भन्दा बढी सेयर सदस्य रहेको किसान कल्याणमा बुधबार मात्रै इटहरी वडा नम्बर १२ का वडा अध्यक्ष भुवनराज पोखरेल, वडा नम्बर १३ का वडा अध्यक्ष चन्द्रेश्वर सरदार संस्थाको नयाँ सदस्य बन्दै मेम्बर अफ द डे को उपाधि समेत पाएको छन् । संस्था १० हजार रुपैँया भन्दा बढीको सेयर खरिद गर्ने सदस्यलाई मेम्बर अफ द डे को उपाधि दिने गरेको छ । जसमा बुधबार सन्यास कुमार साह, सुनिता भण्डारी, पुरणलाल चौधरी, भिम काफले, प्रदिप शर्मा र कन्चन दाहाल नयाँ सदस्य बन्दै मेम्बर अफ द डेको उपाधि पाएका थिए ।
यता संस्थाले आफ्नो २२ औँ साधारणसभाकै अवसरमा गत बर्षको मंसिर देखि २०८० भदौ सम्म उत्कृष्ट कारोबार गर्ने संस्थाको खनार सेवा केन्द्र अन्तर्गतका सदस्यलाई मेम्बर अफ द मन्थको सम्मान दिएको छ । मेम्बर अफ द मन्थको सम्मान पाउने सदस्यहरुमा चन्द्रकला खतिवडा, अनिता साहु तेली, उर्मिला आचार्य, पंकज कुमार साह, राधा नेपाल, कुमारी सुव्वा, गोपाल प्रसाद शर्मा, महिमा सुन्दास , थिर प्रसाद अधिकारी र मिना कुमारी तिम्सिना छन् ।
पुरस्कार प्राप्त गर्ने सदस्यलाई संस्थाका अध्यक्ष शालिकराम ढकाल, उपाध्यक्ष नरेन्द्र कुमार श्रेष्ठ लगायतका पदाधिकारीले सम्मान गरेका थिए । साधारणसभामा संस्थाको आय व्यय र बार्षिक प्रगतिबारे संस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले बताएका थिए ।
भोली संस्थाको बालग्राम सेवा केन्द्र अन्तर्गतको साधारणसभा इटहरी ५ स्थित लायन्स क्लवका हलमा हुने बताइएको छ । संस्थाले यस साधारणसभाबाट १५ सदस्यीय संचालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिको समेत छनौट गर्ने संस्थाका सचिव महेश रेग्मीले बेष्ट सञ्चारलाई सुनाए ।