रामधुनीको झुम्का बजार अनुगमन धेरै पसल नीति भन्दा बहिर

राजन भट्टराई ।
झुम्का । आउनै लागेका चाडपर्व लक्षित रहेर उपभोक्ता ठगीमा नपरुन भन्ने हेतुले रामधुनी नगरपालिका र उद्योग वाणिज्य संघ झुम्काको सयुक्त पहलमा बुधबार झुम्का बजार अनुगमन गरिएको छ ।

चाडपर्व लक्षित गरि हुन सक्ने महङ्गीलाइ मध्येनजर गरेर रामधुनी १ र ५ अन्तरगत पर्ने झुम्का बजारको अनुगमन गरेको हो ।

सर्वसाधारणको घरघरमा पुग्ने खाद्यान्न, होटल मासु पसल जस्ता ठाउँमा अनुगमन गर्दा म्याद नाघेका खाद्यान्न समेत भेटिइएको थियो । अनुगमन अधिकारीले म्याद गुज्रिएका खाद्यान्न नस्ट गरि तेस्ता व्यावसायीको नाम टिपोट गरि आगामी दिनमा यस्तो कार्य गरेको पाइएमा कानुन अनुसार कार्वाही हुने राजस्व तथा अनुगमन शाखाका प्रमुख सुबोध निरौलाले बताए ।

रामधुनी १ का सदस्य तथा कार्यपालिका सदस्य रामभरोस रौनियारको संयोजकत्वमा भएको अनुगमनमा रामधुनी नगरपालिकाको राजस्व तथा अनुगमन शाखाका प्रमुख सुबोध निरौला, स्वास्थ्य शाखा प्रमुख नगेन्द्र पौडेल, पशु सेवा शाखाका दुर्गा पराजुली, कृषि शाखा प्रमुख तुलसीराम चौधरी, उद्योग वाणिज्य संघका अध्यक्ष नविन चौधरी, सचिवद्धय मनिष गेलाल र सृजना भट्टराई, सदस्य जिवन मगर साथै प्रस्तावित इलाका प्रहरी कार्यलय झुम्का प्रहरी अधिकारीको उपस्थिती रहेको थियो ।

टोलीले झुम्का बजारमा किराना तथा खाद्य सामाग्री बिक्रि गर्ने पसल, मासु पसल, होटल तथा कृषि उपजका पसलमा अनुगमन गरेको थियो । यस अघि जिल्ला प्रशासन कार्यलय , खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय तथा नगरपालिका र उद्योग वाणिज्य संघको सयुक्त टोलीले समेत बजार अनुगमन गरेको थियो ।

अनुगमनमा धेरै पसलहरु नीति भन्दा बाहिर चलेको पाइएको बताइएको छ । उद्योग वाणिज्य संघले व्यापारीहरुलाई प्यान तथा भ्याटमा दर्ता भएको प्रमाणपत्र देखिनेगरी राख्न, हरेक सामानको मृल्य विवरण देखिनेगरी टाँस गर्न , व्यावसाय प्रमाणपत्र देखिने गरी टाँस गर्न आग्रह गरेको सचिव मनिष गेलाल बताउँछन् ।

कुनै पनि उपभोक्तालाई चाडवाडको बेला ठग्न अथवा बढी मुल्यमा सामान बिक्रि वितरण नगर्न व्यावसायीलाई सचेत गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.