इटहरी । इटहरी उपमहानगरको सहकारी शाखाले उपमहानगरको नियमभित्र सञ्चालनमा रहेको तलेजु र कल्पवृक्ष बचत तथा ऋण सहकारीमा अनुगमन गरेको छ ।
सहकारी शाखा प्रमुख बालकुमार पोखरेल सहित जिल्ला सहकारी संघका अध्यक्ष गंगा प्रसाद दाहाल, सहकारी शाखाका सुमन पौडेल, जिल्ला बचत संघ सुनसरीकी अध्यक्ष योगमाया सुवेदी जिल्ला कृषि सहकारी संघका अध्यक्ष भोलाकाजी बस्नेतसहितको टोलीले सहकारीको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा सहकारी संस्थाले गरेको ऋण लगानीको अवस्था, बचत संकलन, लेखा परिक्षण हिसाव मिलान तथा संचालक समितिका फाइल हेरिएको सहकारी शाखा प्रमुख बालकुमार पोखरेलले जानकारी दिए ।
नगरभित्रका केहि सहकारीमा समस्या देखिएपछि उपमहानगरले सहकारी संस्थाको अनुगमनलाई तिव्र पारेको छ । बचत कर्ताको बचत सहि तरिकाले लगानी भएको छ छैन भनेर सहकारी संस्थाको अनुगमनलाई तिव्र पारिएको उपमहानगरले बताएको छ ।