चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको इकाइ गत साधारणसभा सुरु, बिहिबार भरौल र शनिवार चतरामा हुने

बराहाक्षेत्र । बराहाक्षेत्र नगरपालिकाको चतरामा रहेको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो इकाइ गत साधारणसभा मंगलबारबाट शुरु गरेको छ ।

पहिलो पटक आफ्नो २५ औँ साधारणसभालाई इकाई गत रुपमा गर्न लागेको चतरा सामुदायिक ले मंगलबार महेन्द्रनगर सेवा केन्द्र र प्रकाशपुर सेवा केन्द्रको साधारणसभा बराहाक्षेत्र नगरपालिकाकी उप प्रमुख नन्द कुमारी राईको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको थियो ।

कार्यक्रममा वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ७,८ र १० वडाअध्यक्षहरूको समेत उपस्थिती रहेको थियो । सभामा उपस्थित सदस्यहरुलाई संस्थाकी अध्यक्ष सिता भण्डारी पौडेलले संस्थाको प्रगती विवरण प्रस्तुत गरेकी थिइन । संस्थाले आर्थिक बर्ष २०७९÷८० मा १ करोड ८७ लाख नाफा गरेको छ भने ८७ करोड रुपैँया बराबरको वासलात प्रस्तुत गरेको संस्थाका व्यवस्थापक बाबुराम खत्रीले बेष्ट सञ्चारलाई जानकारी दिए ।

साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट कारोबार गर्ने १० जना सदस्यलाई सम्मान गरेको थियो । दुधको कारोबार गर्ने ३ जना साथै रेमिट्यान्स, ऋण र बचतको कारोबार गर्ने उत्कृष्ट गरी जम्मा १० जना सदस्यलाई सम्मान गरिएको थियो ।

संस्थाले आफ्नो दोस्रो इकाई गत साधारणसभा बिहिबार भरौलमा गर्ने र शनिवार २५ औँ साधारणसभाको अन्तिम कार्यक्रम चतरामा सम्पन्न गर्ने कार्यसूची रहेको छ ।
संस्थाकी अध्यक्ष सिता भण्डारी पौडेलको सभापतित्वमा भएको साधारणसभाको संचालन उपाध्यक्ष दिपक कार्कीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.