झुम्का । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो इकाई गत साधारणसभा अन्तर्गत मंगलबार झुम्का सेवा केन्द्र अन्तर्गतका सदस्यको लागि साधारण सभा सम्पन्न गरेको छ ।
झुम्काको कल्पवृक्ष पार्टी प्यालेसमा आयोजना गरिएको २२ औँ साधारण सभामा संस्थाका संचालक, संस्थापक एंव सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
२२ औँ इकाई गत साधारणसभाको पाँचौँ दिनमा सदस्यलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष शालिकराम ढकालले संस्थाले अविरल रुपमा विचलित नभई सदस्यलाई सेवा प्रदान गरिरहेको बताए ।
सभामा सदस्यहरुले राखेको जिज्ञासालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले बचत गर्ने बानीले सदस्यलाई भोलिका दिनको खाँचो टार्न फाइदा पुग्ने भन्दै नियमित बचत नटुटाउन र आफुलाई पर्ने खाँचो टार्न ऐच्छिक बचतमा समेत जोड दिन आग्रह गरेका थिए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले संस्थाले आर्थिक बर्ष २०७९÷८० मा गरेको कामको बारेमा बताउँदै आगामी बर्षका प्रस्तावित कार्यक्रम सदस्यलाई जानकारी गराएका थिए भने सदस्यले गडगडाहट तालीका साथ नीति तथा कार्यक्रमलाई पास गराएका थिए ।
संस्थाको इकाइ गत साधारणसभाबाट इकाई गत साधारणसभाको माइन्यूट प्रमाणीकरणका लागि आवश्यक पर्ने सदस्य सर्वसम्मत बाट छनौट गरिएको थियो भने बर्षभरि उत्कृष्ट कारोबार गर्ने मेम्बर अफ द मन्थमा छनौट हुन सफल सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।
साधारणसभाकै अवसरमा संस्थामा नयाँ सदस्य समेत थपिएको संस्थाका सचिव महेश कुमार रेग्मीले बताए । असोज १९ गतेबाट सुरु भएको इकाई गत साधारणसभा असोज २५ गतेसम्म चल्नेछ भने यसै साधारणसभाबाट संस्थाले १५ सदस्यीय संचालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिको समेत छनौट गर्ने छ ।