किसान कल्याण साकोसमा सदस्य बन्न युवाहरुको लहर

इटहरी । इटहरीको किसान कल्याण बचत तथा ऋण सहकारीको इकाई गत साधारणसभा चलिरहेकै बेला सदस्य बन्नेको समेत निकै ठुलो ताँती छ ।
संस्थाको चौथो इकाई गत साधारणसभा भइरहँदा सोमबार मात्रै झण्डै दर्जन सदस्य संस्थाको सदस्य बनेका छन् ।

दश हजार रुपैँया भन्दा बढीको शेयर खरिद गरी सदस्य बन्ने सदस्यलाई संस्थाले मेम्बर अफ द डेको पुरस्कार समेत प्रदान गरेको छ । इटहरीकी विष्णुमाया कार्की, सुशिला कार्की, बुद्धि माया राई, संगीता राजधामी, हरिप्रसाद गुरागाईं, डा. खगेन्द्र ओली, छत्रदेवी कटवाल, कृष्ण बहादुर सार्की सोमबारबाट किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको नयाँ सदस्य भएका छन् ।

नयाँ सदस्यहरुलाई संस्थाका संस्थापक अध्यक्ष चुडामणि लम्साल र अध्यक्ष शालिकराम ढकालले संस्थामा स्वागत गर्दै माला र अवीरले सम्मान गरेका थिए ।
बजारमा एक पछि अर्को सहकारीमा संकट आएको खबर आइरहँदा पनि किसान कल्याण बिधिमा चलेको सहकारी भएकै कारण सदस्य बन्नेहरूको ताँती लागेको संस्थाका अध्यक्ष शालिकराम ढकाल बताउँछन् ।

किसान कल्याणको चालु इकाई गत साधारणसभामा समेत नयाँ सदस्यहरु थपिने लहर निकै मज्जाले चलेको छ । अन्य इकाइ गत साधारणसभाको तुलनामा सोमबार भएको इटहरी र पुर्वी गैसार सेवा केन्द्रको साधारणसभामा नयाँ सदस्यको प्रवेश राम्रो भएको अध्यक्ष ढकालले बेष्ट सञ्चारलाई सुनाए ।

किसान कल्याण बचत तथा ऋण सहकारीले झरनाको पानी जस्तो निरन्तर चलिरहेको निर्मल सहकारी भएका कारणले पनि सदस्यहरुको रोजाईमा परेको अध्यक्ष ढकालको प्रतिक्रिया छ ।‘हामीले कहिल्यै पनि बिचलित भएर सदस्यलाई दिने वित्तीय सेवा रोकेका छैनौ न त कोरोना महामारी न त अन्य कुनै संकट सदस्यले कहिल्यै पनि बचत नपाएको अथवा ऋण नै पनि नपाएको गुनासो गर्नुपरेको छैन त्यसैले पनि समुदायमा यो संस्था दिगो हो भन्ने छाप परेको छ । ’ढकालले थपे ।

असोज १९ गतेबाट शुरु भएको साधारणसभामा समेत सोमबारसम्म चार ठाउँमा सम्पन्न भएको छ । मंगलबार संस्थाको साधारणसभा रामधुनी सेवा केन्द्र अन्तर्गत झुम्काको कल्पवृक्ष पार्टी प्यालेसमा सम्पन्न हुने कार्यतालिका छ ।

निर्वाचन साधारण सभा समेत रहेको यस साधारण सभाबाट संस्थाले १५ जना संचालक समिति ३ जना लेखा सुपरिवेक्षण समितिको समेत चयन गर्ने संस्थाका सचिव महेश रेग्मीले जानकारी दिएका छन् ।

अन्य सहकारीको संस्थाको तुलनामा किसान कल्याणले अतिथी हरु नबोलाइ संस्थाका सदस्यहरु मात्रै बोलाएर सदस्यलाई संस्थाको आय व्यय, प्रगती र भावी योजनाहरूबाट नजिकैबाट छलफल गर्ने गरेको प्रमुख प्रशासकिय अधिकृत पुस्कर बस्नेत बताउँछन् ।

आर्थिक बर्ष २०७९÷८० को मुनाफाबाट संस्थाले ११ प्रतिशत सेयर बोनस बापत दिने संचालक समितिले गरेको निर्णयलाई इकाइ गत रुपमा सदस्यहरुले पास गर्दै आएका संस्थाका उपाध्यक्ष नरेन्द्र श्रेष्ठले बेष्ट सञ्चारलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.