इजरायलमा मृत्यु भएका दश जना सम्झिँदै रामधुनीमा रास्वपाले गर्यो मौनधारण

रामधुनी । राष्ट्रिय स्वतन्त्र पार्टी रामधुनी नगरकमिटीले इजरायलमा हालै भएको आक्रमणमा परी मृत्यु भएका दश जना नेपालीको सम्झनामा एक मिनेट मौन धारण गरेको छ ।

पार्टीका प्रदेश महामन्त्री लाल बिक्रम थापाको उपस्थितीमा रामधुनी नगरकमिटीले इजरायलको आतंककारी हमलामा परी मृत्यु हुने दश जना नेपालीको सम्झनामा दिप प्रज्वलन गर्दै एक मिनेट मौन धारण कार्यक्रमको आयोजना गरेको थियो ।

झुम्का बजारमा गरिएको कार्यक्रममा पार्टीको सुनसरी जिल्ला संयोजक जिवन श्रेष्ठ, प्रदेश आर्थिक विभाग प्रमुख कृष्ण रौनियार लगायतको उपस्थिती रहेको थियो ।
हारगुहारमा रहेका नेपालीहरुलाई चाँडै उद्धार गरिनुपर्ने पार्टीका रामधुनी नगरसचिव हेमराज कार्की ले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.