इटहरी । इटहरी उपमहानगरपालिकाले आफ्नो नियमन क्षेत्रमा रहेका सहकारी संस्थाहरुलाई साधारणसभा सम्पन्न गरेको पन्ध्र दिनभित्र साधारणसभाको प्रतिवेदन नगरपालिकामा बुझाउन ताकेता गरेको छ ।
नगरपालिकाको सहकारी शाखा प्रमुख बालकुमार पोखरेलले आइतबार एक सुचना सार्वजनिक गर्दै सहकारीहरूले नगरपालिकाको मासिक विवरण अर्को महिनाको पन्ध्र गतेभित्र बुझाउन पनि निर्देशन गरेका छन् ।
आफ्नो नियमन क्षेत्रका सहकारीलाई यस अघि नै यस्तो विवरण समयमा बुझाउन भनिएको भएता पनि आलटाल हुने गरेको हुँदा पुन सुचना प्रकासन गरेर ताकेता गरिएको उपमहानगरको सहकारी शाखाले बताएको छ ।
सुचना अनुसार नगरको नियमन क्षेत्रका सहकारीहरूले चौमासिक प्रतिवेदन कार्तिक सम्मको मंसिर पन्ध्रभित्र फागुनको चैत्र १५ मा र असारको साउन १५ सम्ममा आइपुग्ने गरी बुझाउन भनिएको छ भने बार्षिक प्रतिवेदन आर्थिक बर्ष समाप्त भएको एक महिनाभित्र बुझाउन भनिएको छ ।
साधारणसभामा लेखा समिति तथा संचालक समिति निर्वाचित भएको भए उनिहरुको फोटो सहितको तीन पुस्ते विवरण समेत १५ दिनभित्र बुझाउन नगरक्षेत्रका सहकारीलाई जानकारी गराइएको छ ।