इटहरी । नेपाली थारु तथा मधेसी महिलाको विशेष पर्व जितिया को अवसरमा इटहरी १८ मा जितिया पावैन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम थारु कल्याणकारिणी सभा इटहरी १८ को वडा कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा स्थानीयको भव्य सहभागिता रहेको थियो ।
इटहरी उपमहानगरपालिका, जय मा अम्बे चिउरा मिल इटहरी १८, सनेस कृषि सहकारी संस्था लिमिटेड इटहरी १८, साना किसान कृषि सहकारी संस्था लिमिटेड इटहरी १७, गृह लक्ष्मी राइस मिल रामधुनी ३, भागवत मेडिकल हल एण्ड बर्षा क्लिनिक इटहरी १८, दाजुभाई फिंगर उद्योग इटहरी १८, हिमालयन पब्लिक स्कुल रामधुनी ३, एस.ए. एन. फेसन सोलुसन रामधुनी ९ र परिहत किराना तथा पोल्ट्री सप्लायर्स इटहरी १८ को सहयोगमा आयोजना गरिएको कार्यक्रमलाई थारु हरुले विशेष रुपमा मनाएका हुन ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेकी इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीले उपमहानगरपालिकाले थारु जातिलाई पहिलो जाति घोषणा गरेर धारु जातिको बिकासमा लगिरहेको बताएकी छिन ।
उनले अरु वडाहरुमा टोल टोलमा जितिया विशेष कार्यक्रम भएपनि इटहरी १८ ले भने सयुक्त रुपमा कार्यक्रम गरेर एकताको सन्देश प्रवाह गरेको बताइन । उनले आयोजकलाई धन्यवाद दिँदै थारुहरुको सवालमा थुप्रै कार्यक्रमहरु आइरहेको तर थारु जातिहरू चनाखो भएर अघि बढेमात्र उक्त कार्यक्रमहरु उपयोगी हुने बताइन ।
आश्विन कृष्ण सप्तमीका दिन बिहान व्रतालु महिलाले नजिकैको जलासयमा गएर सामुहिक रुपमा नुहाइ जलाशयको नजिकै भुईमा घिरौलाको पत्ता विछ्याइर सोहि पत्तामाथि माटो राखि तेहि माटोमा तेल, सिन्दुर, पिना, र घिरौलाको फुन चडाई पुजा गरेर सूर्यलाई जल चडाउने गरिन्छ । सोहि दिन दिउसो व्रतालु महिलाहरु कोसेली बनाई माइती जने गर्दछन ।
साजमा दर अर्थात ओडघन खने गर्दछन, दरमा खिर दही सहित विभिन्न प्रजातिका तरकारी सहितको भोजन गर्दछन । अष्ठमिका दिन बिहानै जलासयमा गई अघिल्ला दिन झै पुजा गरी सूर्यलाई जल चडाएर निराहार व्रत बस्ने र दिनमा एउटा सामुहिक सानो पोखरी बनाई गाउँका सबै दिदीबहिनी तेहि भेला भएर पोखरीमा पुजा गर्ने गर्दछन । ढाकिमा पानसुपारी चामल, जितिया फुल, तुलसिपत्र सिन्दुर आदि चडाएर सुर्य भगवान र जिमुतवाहन भगवानको पुजा गरि धर्म गुरुबाट कथा स्रवण गर्ने गर्दछन । नहमिका दिन बिहान नुहाएर तुलसी नजिकै दही, चिउरा, अक्षता र सानो केराउ चडाएर ५ वटा चामल, ५ वटा केराउ र तुलसिपत्र प्रसादको रुपमा खाएर व्रत समापन गरिने चलन छ ।
आफ्नो सन्तान र श्रीमानको सुख शान्ति एवम दिर्घाउ कामना गर्ने र सन्ता नभएका महिलाले सन्तान प्राप्तिका निमित्त जितिया पर्वमा व्रत बस्ने धार्मिक आस्था रहदै आएको थाकस इटहरी १८ का अध्यक्ष गोविन्द कुमार चौधरीले बताए । चौधरीका अनुसार विगतका वर्षहरुमा इटहरीका १६,१७ र १८ वडा मिलेर सामुहिक जितिया गर्ने गरेतापनि यसपाला भने भिन्न भिनै कार्यक्रम गरिएको हो ।
थाकस सुनसरी जिल्ला सदस्य महेश कुमार चौधरीले ईटहरिमा स्थानिय सरकारले थारु जातिलाई पहिलो जाति घोषणा गरेपछि थारु बिकासको छुट्टै कार्यविधि बनाएर काम गरिरहदा संस्कार संस्कृति संरक्षणमा टेवा पुगेको बताए ।