इटहरी । इटहरी १६ बालग्राममा मुख्य कार्यलय रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको २२ औँ साधारण सभा शुक्रबारबाट सुरु भएको छ ।
इकाइ गत रुपमा आफ्नो सबै सेवा केन्द्र समेट्ने गरी सहकारी संस्थाले असोज १९ गते शुक्रबारदेखि असोज २५ गते सम्म साधारणसभा गर्न लागेको हो । जस अनुरुप पहिलो दिनको साधारणसभा कार्यक्रम अन्तर्गत राजबास र बाङ्गे सेवा केन्द्रको कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन संस्थापक अध्यक्ष चूडामणि लम्सालले गरेका थिए । सूर्य फेमिलि पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा दुबै सेवा केन्द्रका सदस्यहरुको बाक्लो उपस्थिति रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले जानकारी दिए ।
संस्थाको २२औँ वार्षिक साधारण सभाले आगामी ४ वर्षका लागि १५ सदस्यीय संचालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति समेत चयन गर्ने बताइएको छ ।