इटहरी । इटहरी ५ मा रहेको जुन तारा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो साधारणसभाको अन्त्य सम्म रहने शेयर सदस्यलाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।
संस्थाले फागुन १४ गते एक सुचना सार्वजनिक गर्दै कार्तिक १८ गते आफ्नो १६ औँ बार्षिक साधारणसभाको घोषणा गरेको हो ।
असोज १२ गते बसेको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिको बैठकले कार्तिक १८ गतेलाई आफ्नो साधारण सभा तोकेको हो ।
साधारणसभामा संस्थाको संसोधित बचत तथा ऋण नीति उपर छलफल गरिने, निर्वाचन निर्देशिका र रिक्त सञ्चालकको पदपूर्तिबारे समेत प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको बताइएको छ ।
संस्थाले साधारणसभाकै अवसर पारेर ६० बर्षमाथिका जेष्ठ सदस्य तथा प्लस टु स्नातक र स्नातकोत्तर तहमा २०७९ मा सफल हुने सेयर सदस्यका छोरा छोरीलाई उत्कृष्टताको आधारमा पुरस्कृत समेत गर्ने भएको संस्थाका अध्यक्ष अग्निप्रसाद न्यौपानेले बताएका छन् ।