इटहरी । ईसेवा मनि ट्रान्स्फरलेले ईसेवा मार्फत रेमिट्यान्स पठाउने भाग्यशाली नेपालीलाई काठमाण्डौमा घर दिने भएको छ ।
गत बर्ष समेत मेरो डिजिटल देश अभियान चलाएको इ सेवाले यस पाला पनि सोहि अभियान मार्फत बैधानिक तरिकाले विदेशबाट ईसेवा मनि ट्रान्स्फर मार्फत पैसा पठाउने नेपालीको लागि घर दिने घोषणा गरेको हो ।
असोज बाट सुरु गरिएको अभियानमा विदेशमा काम गरेर ईसेवा मनिट्रान्स्फरमार्फत रेमिट्यान्स पठाउने नेपालीहरु सहभागि हुन सक्ने छन् ।
्
स्थापनाकालको छोटो समयमै, वैधानिक, माध्यमबाट संसारका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएकोडिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स भित्र्याउँदै देशलाई समुन्नत बनाउन अठोटका साथ “मेरो डिजिटल देश” अभियानलाई निरन्तरता दिएको हो ।
सोमबार असोज १ देखि सुरु भएर असार ३१, २०८१ सम्म जारी यो योजनामा रेमिट्यान्स कारोबारलाई डिजिटल तर्फ लैजाने अभियानको रुपमा लिइएको छ । योजना मार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाइ थप मजबुत बनाउनका लागि पनि १० महिने यस योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
“मेरो डिजिटल देश” अभियान अन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीहरुले नेपालमा इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन्। यस अभियानमा ४ परिवारलाई विशेष कोसेली, हरेक महिना १ जनाको पैसा डबल, तथा बम्पर उपहारमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्नेछन्।
ईसेवा मनि ट्रान्स्फरका ब्रान्ड एम्बेसडर राजेश हमाल, स्वस्तिमा खड्का, दयाहाङ् राई र इसेवाका ब्रान्ड एम्बेसडर बिपिन कार्कीले डिजिटल रेमिट्यान्स सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेतनामूलक कार्यक्रममा अभियानलाई प्रवर्द्धन गर्न सहभागिता जनाउने कम्पनीले बताएको छ ।