इटहरीमा मोटरसाइकल दुर्घटना अस्ताए साह र थापा

इटहरी । धरान विराटनगर सडकको इटहरी १२ मा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

इटहरी १२ खनार ट्रान्सपोट नजिक दुईवटा मोटरसाइकल एकापसमा ठक्कर भएर दुर्घटना भएको हो । विराटनगरबाट इटहरी आउने क्रममा प्रदेश १०२-०४६ प १९६७ र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १-०२-०४६ प ७२५८ नम्बरको मोटरसाइकल आज शुक्रबार बिहान ९ः३० बजेतिर एकापसमा ठक्कर भइ दुर्घटना भएको प्रहरीले बताएको छ ।

एकापसमा ठोक्किएर अनियन्त्रित भएको मोटरसाइकल स १ ख ८१६ नम्बरको बससँग ठोक्किएको थियो । दुर्घटनामा परी सुनसरीको देवानगन्ज ५ घर भइ दुहबी ८ बस्ने २३ वर्षीय पवन कुमार साह र विराटनगर १ बस्ने १९ वर्षीय अजित थापाको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

दुर्घटनामा विराटनगर २ का सुशान्त दाहाल घाइते भएका छन् । उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.