भोली बुधबार धरानमा सहकारी पिडितहरुको भेला हुने

इटहरी । सहकारी संस्थाहरुबाट ठगिएका पीडितहरुको भेला भोली असोज १० गते बुधबार सुनसरीको धरानमा हुने भएको छ ।

सहकारी बचत कर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका केन्द्रीय अध्यक्ष कुशल केसीले भेलालाई सम्बोधन गर्ने जनाइएको छ ।
धरानमा बराह सहकारीलगायतका १४८७ जना भन्दा बढी पीडितहरु रहेका छन् ।

भेला सहकारी बचकर्ता संरक्षण राष्ट्रिय अभियानले नेपाल भरिबाट सहकारीबाट ठगिएर पिडित भएका बचत कर्ता सेयर सदस्यहरुको बचतको संरक्षण राज्य मार्फत हुनु पर्छ भन्ने माग राखेको छ ।

धरान स्थित सैनिक भवनमा हुने भेला मार्फत धरानका सहकारी पीडितलाई आफ्नो अभियानमा जोड्ने सहकारी बचत कर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको दाउ छ ।

भोली हुने कार्यक्रममा धरानका सहकारी पीडितहरुलाई एकजुट भएर बचत कर्ता शेयर सदस्यहरुको बचत रकमको संरक्षण गर्न भेलामा सहभागी हुन अभियानले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.