दशैँलाई नयाँ नोट , प्रतिव्यक्ति साढे १८ हजारसम्म साट्न पाइने

इटहरी । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गरी नयाँ नोट सटहीको व्यवस्था मिलाउने तयारी गरेको छ छ। प्रतिव्यत्तिः १८ हजार ५०० रुपैँया सम्मको नयाँ नोट सटही गर्न सक्ने गरी व्यावस्था गर्न लागिएको नेपाल राष्टबैँकले बताएको छ ।

केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाबाटनै नोट साट्न सकिनेगरी व्यवस्था गर्ने भएको छ। यस्तै केन्द्रिय बैंक र प्रादेशिक कार्यलयहरुबाट समेत सटही सुविधा उपलब्ध गराउने छ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका एक एक बण्डल नोट सटहीको सुविधा उपलब्ध गराउने छ। यस वर्ष केन्द्रिय बैंकले घटस्थापनादेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउनेगरी तयारी गरिरहेको जनाएको छ।

दशैँमा नयाँ नोट वितरण गर्दा नोटको आयु चाँडै सकिने भन्दै केन्द्रीय बैंकले नयाँ नोट वितरण गर्न नहुने धारण राख्दै आएको थियो। कोभिडको समयमा नयाँ नोट सटही नगरेको भए पनि अन्य समयमा भने हरेक वर्ष नयाँ नोट सटही गर्दै आएको छ। करोडौ रुपैयाँ खर्चेर छपाइएको नयाँ नोट दशैँमा वितरण गर्दा रङले नोटको आयु घट्ने गरेको छ। दशैँमा नयाँ नोट वितरण गर्दा नोटको हिफाजत नहुने र नोट बिग्रिदा देशलाई नै घाटा हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.