अव कम्पनी दर्ता र पुँजी वृद्धिमा शुल्क नलाग्ने

इटहरी । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयले अव कम्पनी दर्ता तथा पुँजी वृद्धिमा शुल्क नलाग्ने बताएको छ ।

कम्पनी दर्ता गर्दा पुँजी अनुसार राजश्व तिर्नुपर्ने व्यावस्था चालु आर्थिक बर्षको बजेट भाषणसँगै मिनाहाको घोषणा गरिएको भएता पनि राजपत्रमा सुचना प्रकाशित भएपछि उक्त नियम लागु भएको हो ।

चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएअनुसार नयाँ कम्पनी दर्ता तथा पुँजी वृद्धिमा शुल्क नलाग्ने व्यवस्था लागू भएको हो । नयाँ व्यवस्थाबारे राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त व्यवस्था लागू गरेको हो ।

नयाँ आर्थिक वर्ष सुरुवात साउन १ बाट यो व्यवस्था लागू हुनुपर्ने भए पनि आवश्यक गृहकार्य नपुगेपछि मन्त्रालयले लागू गर्न सकेको थिएन । आर्थिक ऐन २०८० मा कम्पनी दर्ता र पुँजी वृद्धिमा लाग्ने शुल्क शतप्रतिशत छुट हुने व्यवस्था गरेको थियो । राजपत्रमा जारी सूचना अनुसार कम्पनी ऐन २०६३ को दफा ५ अनुरूप प्राइभेट तथा पब्लिक कम्पनीलाई यो व्यवस्था लागू हुनेछ ।

विदेशी कम्पनीका कार्यालय तथा सम्पर्क कार्यालय दर्ता तथा मुनाफा वितरण नगर्ने कम्पनीका हकमा पनि यो व्यवस्था लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.