इटहरी । रामधुनी नगरपालिका वडा नम्बर ५ झुम्कामा घरमा कोहि नभएको मौका पारी चोरी भएको छ ।
पण्डित केशव ढकाल मृत भई परिवारै काजकिरिया गर्न रामधुनी ४ मानपुर गएको अवस्थामा मंगलबार राति चोरी भएको हुन सक्ने अनुमान परिवारले गरेको छ ।
चोरले मुलढोको चावि फोरी ढकालको घरबाट करिव ५ लाख नगद सहित करिव २५ तोला सुन र आधा केजीको चाँदीको करुवा समेत चोरी भएको मृतक केशव ढकालका दाजु अच्युत ढकालले बेष्ट सञ्चारलाई बताए ।
बुधबार दिउँसो चोरी भएको भनिएपनि मंगलबार राति नै चोरी गरिएको हुन सक्ने अनुमान परिवारले गरेका छन् । ढकालको रक्त क्यान्सर भई रामधुनी ४ मानपुरमा मृत्यु भएको थियो भने परिवार सबै काजकिरियाको लागि मानपुरमा बस्दै आएका थिए ।
आफ्नो भाइको भदौ १७ रक्त क्यान्सर वाट स्वर्गवास भएको र वुहारि काजक्रिया गर्न मूलघर रामधुनीको मानपुर मै रहेको अवस्थामा भाइ को घरमा ढोका फोरि भित्र रहेको दराज वाट नगद ५ लाख जति र लगभग २५ तोला सुन र आधाकेजि चादि को करुवा समेत असोज २ गते मंगलवार वेलुका चोरि भएको हुन सक्ने मृतकका दाजु अच्युत ढकालले बताए ।
२ गते वुधवार ११०० वजे देखि ३ वजे वेलुका भित्र चोरि भएको खबर बाहिर आएको थियो यद्यपि राती नै चोरी भएको अनुमान परिवारको छ ।
परिवारै दुःखको अवस्थामा रहेको घर चोरीको सत्य तथ्य गरिदिन परिवारले स्थानीय प्रहरी प्रशासनसँग अनुरोध गरेका छन् । “यथासिघ्र खोजविन गरियोस भनी अनुरोध पनि गर्दछु र सो चोरि गर्ने व्यक्तिहरुलाई कडा भन्दा कडा कार्वाही को पनि माग गर्दछु ।” दाजु अच्युत ढकालले भने ।
इलाका प्रहरी कार्यलय पकलीका प्रहरी निरिक्षक केशव गौतमले घटनाको बारेमा इलाका प्रहरीले नजिकबाट अनुसन्धान गरिरहेको बताएको छन । दिउँसै चोरी भएको भनेर जाहेरी आएको भएपनि अहिले सम्म कसैलाई पक्राउ भने नगरेको इलाका प्रहरी कार्यलय पकलीले बताएको छ ।