प्रकाश बन्जारा ।
इटहरी । धेरैजसो सहकारी संस्थामा विचलन आउनुको मुख्य कारण सञ्चालक समितिका सदस्यहरुले नै संस्थाको ऋण खाने र समयमा नतिर्ने गर्नाले भएको सुनिने गरिन्छ । सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारीले भने संस्थाको सञ्चालकले ऋण खानै नपाउने गरी विद्यानलाई संसोधन गरेको छ ।
सहकारी बिभागले पनि सहकारी संस्थामा संचालकले सदस्यको बचतलाई मनोमानी गरेको ठहर गर्दै एक पटकमा ४९ प्रतिशत सञ्चालकले मात्रै ऋण खान पाउने गरिको व्यवस्था गरेको छ तर ‘सञ्चालक समिति भनेको सिमित समयको लागि संस्थाको गोठालो हो त्यसले गर्दा सञ्चालकले ऋण खानु राम्रो होइन ।’ किसान कल्याण बचत तथा ऋण सहकारीका संचालक शालिकराम ढकाल भन्छन् ।
एक दुई गर्दै सहकारी संस्थाहरुमा समस्या आएको खवर सुनिरहँदा भर्खरै किसान कल्याणले भने इटहरी वडा नम्बर २० तरहरामा रहेको सुन्दर बचत तथा ऋण सहकारी संग एकिकरण हुन पुग्यो ।
एकीकरणसँगै झनै बलियो बनेको किसान कल्याण विधि सम्मत चलको सहकारी संस्था एकीकरणका लागि आए अझै आफु तयार रहेको बताउँदै आएको छ । हरेक काम निती र कार्यविधिबाटमात्र गर्ने भएकाले किसान कल्याणले सुशासन कायम राखेको संस्थाका अध्यक्ष शालिकराम ढकाल बताउँछन् ।
संस्थाको दोस्रो कार्यकाल संचालक अध्यक्षको भुमिकामा रहेका ढकाल सहित साविक ऐकम्बा ४, हाँसपोसा ८ र इटहरी ५ को संगम रहेको बालग्राम आसपासका किसान परिवारको गोरु र खेतीपाती खर्च ऐँचो पैँचो गर्न ३४ जना सदस्य मिलेर २०५३ सालमा सुरु भएको किसान बचत कोष आजको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था भएको रहेछ ।
२०५८ भदौ २५ गते हामी विधिवत डिभिजन सहकारी कार्यलयमा दर्ता भएर सहकारीको कारोबारमा गरिरहेको सहकारी किसानहरूबाट किसानकै लागि ग्रामिण भेगसम्म पुगेर किसानकै हितका काम गर्ने गरेको बताउँछ ।
सहकारी संस्थाहरु ग्रैर सेयर सदस्यसँग कारोबार गर्दा अथवा सेयर सदस्यलाई ग्राहकको रुपमा लिँदा सहकारीका सिद्धान्त आफ्ना सदस्यलाई बुझाउन पाएका हुँदैनन् । तपाईहरु चाहिँ कस्ता सदस्यसँग कारोबार गर्नुहुन्छ बेष्ट सञ्चारले अध्यक्ष ढकाललाई प्रश्न गर्यो उत्तरमा ढकाल भन्छन् ‘सहकारीले आफ्ना सबै सदस्यसँग समानरुपले कारोबार गर्नुपर्छ । किसान कल्याणले ग्रामिण समुदायमा बसोबास गर्ने किसान, मजदुर,व्यापारी, कर्मचारीहरु न्युनतम ८ सय रुपैँया बाटै सदस्य बनेर कारोबार गर्न सक्छन् ।
किसान कल्याणले आफ्ना सदस्यलाई बचत गर्न प्रेरित गर्ने, सिकाउने बुझाउने, आय आर्जनको बाटो खोज्नेहरूलाई ऋण लगानी गर्ने, क्षमता अभिवृद्धि गर्ने जस्ता काम पनि गर्दछ । कानुन अनुसार चलेको संस्था भएकाले सदस्यसँग मात्रै वित्तीय कारोबार हुन्छ ।’
२२ हजार सदस्य रहेको किसान कल्याणको कुल पुँजी १ अर्व २५ करोड ७८ लाख रहेको छ भने संस्थाले ८७ करोड ७७ लाख रुपैँया निक्षेप संकलन गर्दै ९५ करोड ३२ लाख रुपैँया कर्जा प्रवाह गरेको रहेछ ।
मुख्य कार्यलय बालग्राम बाहेक इटहरी,पुर्वी गैसार, खनार, रामधुनी, चतरा, तरहरा लगायत ८ वटा सेवा केन्द्रबाट सदस्यलाई सेवा दिइरहेका सहकारीले थुप्रै पटक उत्कृष्ट सहकारीको पुरस्कार प्राप्त गरिसकेको छ ।
केहि सहकारी संस्थामा समस्या आएको खबरले सहकारी शब्दमै वितृष्णा जारिहेको अवस्थामा किसान कल्याण चाहि अव्वल बन्नुको एउटै कारण संस्था नीति र विधि अनुसार चलेको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेत बताउँछन् ।
संस्थाको सुशासनका लागि संचालक समितिको महत्वपुर्ण भुमिका रहने संस्थाका अध्यक्ष ढकालले हामीलाई सुनाए। सहकारी संस्थाका संचालकहरु सदस्यले खाई नखाई गरेर बचत गरेको बचतको सुरक्षामा चिन्तित हुनुपर्ने ढकालको भनाई थियो । सहकारी संस्थाको वास्तविक मालिक सदस्य भएकाले सदस्यलाई सहकारी सिकाउनु र वास्तविक संस्थाको मालिक सदस्य भन्ने कुरा हरेक संचालकले बुझनुपर्ने ढकालको ठम्याई थियो ।
वित्तिय क्षेत्रमा काम गरेको १२ बर्ष भन्दा बढी अनुभव सँगालेका पुस्कर बस्नेत संवेदनशिल भएपनि जिम्मेवार ढंगले कार्यसम्पादन गर्यो भने व्यावस्थापन गाह्रा हुदैन भन्ने भनाई राख्छन् ।
संस्था डिजिटल प्रविधिमा प्रवेश गरेँ संगै कर्मचारीको विज्ञता र तालिममा जोइरहेको बताउने बस्नेत किसान कल्याणले मोवाइल बैंकिङ्ग ,एटिएम, इ टेलर समेतको सेवा दिइरहेको बताउँछन् । चेक विनै उक्त सेवा मार्फत पनि १ लाख सम्मको कारोबार बस्नेतको भनाई छ ।
हामीले बस्नेतलाई सहकारी संस्थाको सुशासनको लागि कर्मचारी प्रशासनको कस्तो भुमिका रहन्छ भन्ने प्रश्न गर्यो जसमा बस्नेत भन्छन् ‘ संचालकहरु त स्वयंसेवी भावनाले आउनु हुन्छ जानुहुन्छ तर कर्मचारी प्रशासन संस्थाले बनाएको नीति नियम र कार्यविधि अनुसार परिचालित हुनुपर्छ ।
नियम अनुसार चल्न सकेन भने सुशासन बिग्रने हो । सुझावहरु संकलन गर्दै समय सापेक्ष बोर्डमा सुझाव दिने र विधि प्रद्धतीहरु परिमार्जन गर्दै लैजाने काम कर्मचारी प्रशासनले गर्नुपर्छ । ’