प्रोटेक्ट परियोजना सक्दै रामधुनीबाट विदा भयो प्लान नेपाल, उपलव्धी नगरपालिकालाई हस्तान्तरण

इटहरी । प्लान नेपालले रामधुनी सहित सुनसरीका ४ वटा पालिकामा सञ्चालन गरेको प्रोटेक्ट परियोजनाको उपलव्धी नगरपालिकालाई हस्तान्तरण गर्दै विदा भएको छ ।

बिहिबार रामधुनी नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बिच प्लान नेपालकी प्रोग्राम म्यानेजर अनु उपाध्यायले सन् २०१९ जनवरी देखि २०२३ को डिसेम्बर सम्मको प्रोटेक्टको परियोजना समापन भएको बताउँदै नगरपालिकाले अपनत्व लिएर बाँकि कामलाई निरन्तरता दिन आग्रह गरिन ।

रामधुनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर थापा, शिक्षा शाखा प्रमुख राजन कुमार गेलाल, महिला तथा बालबालिका शाखा प्रतिनिधी साथै वडा नम्बर ८ का अध्यक्ष सुरेन्द्र सिंह खवास समेतको उपस्थितीमा प्लानले आफ्ना उपलब्धिहरु हस्तान्तरण गरेको थियो ।

५ बर्षको अवधिमा युवा अभियानकर्मी दस्ता निर्माण गर्नुका साथै मानव बेचबिखन विरुद्धका बिभिन्न अभियानहरू चलाइएको र यस्तै घटनाबाट उद्धार गरिएका हरुलाई समेत तालिम प्रदान गरि स्वरोजगार बन्ने बाटो निर्माण गरिदिएको प्लान नेपालकी प्रोग्राम म्यानेजर उपाध्यायले बनाइन ।

प्लानले ५ बर्षको अवधिमा सुनसरीका ४ वटा पालिका हरु कोशी, बर्जु बराहा र रामधुनी गरेर २५ जना महिलालाई तालिम दिँदै स्वरोजगार बनाएको बताएको छ ।

यसरी उद्यमी बनाइएका मध्ये ३ जनाले बाख्रा पालन, ११ जनाले बंगुर पालन, ३ जनाले तरकारी पसल केहि ले तरकारी पसल तथा केहीले सिलाई कटाई समेत सिकेको र प्लानले उनिहरुलाई स्टार्ट अप पुँजी सहित उद्यमी बनाएको बताएको छ ।

मानव बेचविखन तर्फ विद्यालय कार्यक्रम चलाइएको र त्यसमा ४ हजार २३० जना बालबालिकाले आफु बेचविखनमा परिहाले कसरी जोखिम रिपोर्टिङ गर्ने भनेर समेत तालिम लिएको बताएको छ ।

सीमामा रहेका १८७ जना कर्तव्य वाहकलाई समेत मानव बेचविखन विरुद्धको तालिम सञ्चालन गरेको यो योजनाको माध्यमबाट १७४ जना बालबालिका सम्भावित जोखिमबाट बच्न सफल भएको रिपोर्ट प्लानले उक्त उपलव्धी हस्तान्तरण कार्यक्रममा प्रस्तुत गरेको थियो ।

कार्यक्रममा रामधुनी नगरको नमुना बाल सञ्जालका अध्यक्ष पुजन राउतले मानव बेचबिखनका क्षेत्रमा आफुहरुले समाजमा धेरै भन्दा धेरै बालबालिकालाई भिडियो हेराएर बुझाएको र सजग समेत गराएको बताए भने वडा अध्यक्ष सुरेन्द्र सिंह खवास , प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर थापा र शिक्षा शाखा प्रमुख राजन गेलालले नगरपालिकालाई हस्तान्तरण गरेको कार्यक्रमलाई आफुहरुले आफ्नो ठाउँबाट निरन्तरता दिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.