झुम्का जेसीजको सप्ताह अन्तर्गत सामूहिक तीज तथा जितिया, नृत्यमा कबिसा दाहाल प्रथम

झुम्का । झुम्का जेसिजको सप्ताह ब्यापि कार्यक्रम अन्तर्गत सोमबार धार्मिक तथा साँस्कृतिक पर्व तीज तथा जितिया सामुहिक कार्यक्रम सम्पन्न भएको छ ।

हरितालिका तीजको अबसरमा सोमवार झुम्का बजारमा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।

प्रत्येक बर्ष झै यस बर्ष पनि झुम्का जेसीजको आयोजनामा सामूहिक तीज तथा जितिया बिशेष साँस्कृतिक कार्यक्रम २०८० आयोजना गरिएको कार्यक्रम सयोजक सिता थरुनिले बताइन ।

प्रतिनिधि सभा सदस्य तथा पुर्ब महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा झुम्का आसपासका महिलाले आफ्नो गीत र नृत्यले भब्य बनाएका थिए ।

प्रमुख अतिथि चौधरीले बिरुवामा पानी हालेर कार्यक्रम उद्धघाटन गरेको कार्यक्रममा

झुम्का जेसिजकी अध्यक्ष कमला थापाले विशेष मन्तव्य राखिन । कार्यक्रममा स्वदेश गान तथा विविध भाषाभाषिका गीतहरुमा नृत्य प्रस्तुत गरेका छन् । नृत्यमा प्रतियोगितामा
कबिसा दाहाल प्रथम , तुलसि खड्का दित्तिय भएका थिए ।


थारु कल्याणकारिणी सभा रामधुनीबाट पौराणिक मौलिक गीतमा धुमरा नृत्य गरिएको कार्यक्रममा व्रतालु महिलाहरु स्टेज तथा सहभागीहरुले सामुहिक नाचले यस बर्षको तीज तथा जितिया बिशेष कार्यक्रमलाइ भब्य बनाए ।

कार्यक्रममा झुम्का जेसीजका पूर्व अध्यक्ष, रामधुनी ९ नं. वडाका वडाअध्यक्ष घनश्याम चौधरी, थारु कल्याणकारिणी सभा रामधुनी नगर समिति अध्यक्ष राजकुमार चौधरी, रामधुनी ५ नं. पूर्व वडा अध्यक्ष डेगराज फुुयाल, लायन्स क्लव अफ झुम्काका दुुर्गा फुुयाल, थारु महिला उत्थान समाजकी अध्यक्ष आशा चौधरी लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । औपचारिक कार्यक्रम संचालन जेसीजका महासचिव सुमन कार्कीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.