विद्यालय बन्द नगर्न दुहवी नगरपालिकाको निर्देशन

इटहरी । विद्यालय शिक्षा ऐन २०८० को प्रस्तावित विधेयकलाई लिएर शिक्षकहरुले आन्दोलनको कार्यक्रम ल्याएको भन्दै सुनसरीको दुहवी नगरपालिकाले शिक्षण सिकाई प्रभावित हुनेगरी कुनै पनि आन्दोलनका कार्यक्रम नगर्न निर्देशन गरेको छ ।

सोमबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै नगरप्रमुख बेदनारायण गच्छदारले शान्तिपूर्ण आन्दोलन गर्ने र आफ्ना मागहरु सम्बन्धित निकायसम्म राख्ने छुट हुँदा हुँदै अर्काको हक हनन हुने गरी आन्दोलनका कार्यक्रम नल्याउन निर्देशन गरेको हो ।

विद्यालयका बालबालिकाको शिक्षण सिकाई नियमित र प्रभावकारी रुपमा हुने गरी सुधार गर्नु शिक्षकहरुको एकमात्र ध्येय रहनुपर्नेमा बालबालिकाको सिकाइमै बाधा उत्पन्न हुनेगरी हड्ताल गर्नु कदापि स्वीकार्य नहुने विज्ञप्तीमा बताइएको छ ।

सार्वजनिक विदा हुने दिन बाहेक सदा झैँ नियमित विद्यालय सञ्चालन गर्न गराउन दुहवी नगरपालिका अन्तर्गत सञ्चालित सम्पुर्ण विद्यालय व्यवस्थापन समिति,प्रध्यानाध्यापक, शिक्षक र विद्यालय कर्मचारीलाई मेयर गच्छदारले निर्देशन दिएका छन् ।

कानुन विपरित विद्यालयमा नियमित पठनपाठन अवरोध गरेको पाइएमा दुहवी नगरपालिका शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७७ को दफा ११२ बमोजिक तथा प्रचलित कानुन बमोजिम समेत कारवाही हुने मेयर गच्छदारको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.