चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीले चलाएको कोशी प्रदेशकै ठुलो गाई फार्म, एक बर्षमा दुध बिक्रि बाटै कमाउँछ करिव साढे ७ करोड (भिडियो सहित)

प्रकाश बन्जारा र राजन भट्टराई ।
सहकारी सहकार्यबाट के सम्भव छ भनेर अध्ययन गर्न सुनसरीको बराहा क्षेत्र नगरपालिकाको चतरा गए पुग्छ । बराहा क्षेत्रको वडा नम्बर २ को कार्यालयसँगै जोडिएको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था जन्मेको करिव २५ बर्ष भयो ।

शुरुमा २८ जना महिलाहरु मिलेर २८ सय रुपैँयाबाट सुरु गरिएको बहुउद्देश्यीय सहकारी संस्था देशभरी नाममा बहुउद्देश्यीय लेखेर पैसा किन्दै पैसै बेच्नेहरूका लागि भने एउटा गतिलो उदाहरण पनि हो ।

सहकारीतामा गतिलो उदाहरण खोज्ने क्रममा बेष्ट सञ्चारको टोली गत हप्ताको एक दिन चतरा पुग्यौँ । संस्थामा पुग्नासाथ मिजासिला व्यवस्थापक बाबुराम खत्रीले हामीलाई न्यानो स्वागत गर्दै सहकारीले चनाएको गाई फार्ममा पुर्याए ।

बहुउद्देश्यीय सहकारी खालेर के गर्ने के गर्ने भन्दै अन्यौलमा रहेकाहरुले यहाँ पुग्दा थुप्रै सिक्न सक्छन् त्यहि पाठशाला हुन यस संस्थाका व्यवस्थापक बाबुराम खत्री र चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था पनि ।

सहकारी आफैँमा सहकार्यबाट हुने कारोबार हो अझ यसको परिकल्पना उत्पादनसँग गरिने गरिन्छ । जहाँ सहकारी हुन्छ त्यहाँ उत्पादन जोडिने हो भने रोजगारी सिर्जना पनि हुन्छ र बाहिरी आयात पनि कम हुन्छ । त्यसो त २०६८ सालमा स्थापना भएको यस बहुउद्देश्यीय सहकारीको गाई फार्मले आज एक बर्षमै ७ करोड ३३ लाख रुपैँया बराबरको दुध बिक्रीबाट आम्दानी गरेको छ ।

सहकारी क्षेत्रबाट चलेका फार्महरूमा प्रदेश भरीकै ठुलो फार्मको रुपमा रहेको यस सहकारीको गाई फार्ममा साना ठुला गरेर ३६५ वटा गाई छन् भने दुध दिइरहेका ९० वटा रहेका छन् ।

ग्रामिण भेगमा रहेका किसानलाई उत्पादनमा जोड्ने र किसानको दुध पनि सहकारीले खरिद गरेर बजारीकरण गरिदिने साथै गाई तथा बाच्छा किन्न चाहाने आफ्नो सदस्यलाई समेत सहुलियत दरमा गाई उपलव्ध गराउने उदेश्यले स्थापना भएको गाई फार्म अहिले उदेश्य अनुरुप नै चलिरहेको सहकारीका व्यावस्थापन बाबुराम खत्रीले बेष्ट सञ्चारलाई बताए ।

१० वटा गाईबाट सुरु भएको फार्मले अहिले दैनिक ७ सय देखि १ हजार लिटर दुध उत्पादन गर्दै आइरहेको छ भने आफ्ना ४ वटा दुध कलेक्सन सेन्टरबाट दुध संकलन गरेर दैनिक एक हजार लिटर इटहरी र १ हजार लिटर दुध धरानको बजारमा लैजाने गरेको संस्थाले बताएको छ ।

बिभिन्न आकार प्रकार र साइजमा ७ वटा गोठमा रहेको गाई बस्तुको हेरचाहका लागि १४ जना आवासीय कर्मचारीलाई रोजगारी दिइरहेको चतरा सामुदायिक वराहक्षेत्र नगरपालिकाको नियमन क्षेत्रभित्र रहेको सहकारी संस्था हो ।

सामुहिक जमानीका आधारमा बचत तथा ऋणको झिनो कारोबार गर्ने चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था उदेश्य अनुरुप चल्ने सहकारीको सुचीमा पर्दछ । अहिले बहुउद्देश्यीय रेमिट्यान्सको कारोबारसँगै, आफ्नो सहकारी संस्थाकै सदस्यबाट दुध संकलन र बिक्रि, पशु आहाराको खरिद र बिक्रि, घाँस उत्पादन साथै गाई फार्मबाट उत्पादन र बजारीकरणको का मगर्दै आइरहेको छ ।

द्धन्दकाल, कोरोनाकाल र आर्थिक मन्दी समेत भोगेको यस सहकारी संस्थालाई सुरुमा केहि गाह्रो भएपनि अहिले भने त्यस्तो असर नपरेको व्यवस्थापक खत्रीले हामीलाई सुनाए ।

धेरै महिला सदस्य रहेको यस संस्थामा ६ हजार सदस्य रहेका छन् भने सामुहिक जमानीमा २ लाख सम्मको ऋण चतरा सामुदायिक ले बीना धितोमा लगानी गर्दै आइरहेको छ ।

गाईको दुध दिने क्षमता अनुसार २ लाख मूल्यसम्मका गाईहरु आफूहरुसँग रहेको संस्था बताउँछ । १० बिघा आफ्नो जग्गा र १० बिघा भाडाको जग्गामा रहेको गाई फार्ममा गाईलाई उपयुक्त हुने नेपियर घाँस समेत लगाइएको छ भने प्रदेश सरकारको अनुदानमा मोडर्न गोठको समेत निर्माण गरिएको छ । मोडर्न गोठ निर्माण गर्न कोशी प्रदेश सरकारले ५० लाख अनुदान दिएको संस्थाले बताएको छ ।

४७ जना कर्मचारीलाई रोजगारी दिइरहेको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थासँग करिव ८ करोड ५३ लाख ५० हजार रूपैँयाको सेयर पुँजी रहेको छ भने आर्थिक बर्ष २०७९÷८० मा १ करोड ८७ लाख अडिट भन्दा पहिलेको मुनाफा आर्जन भएको संस्थाले बताएको छ ।
महिला सदस्यको बाहुल्य रहेको सहकारीमा संचालक अध्यक्ष पनि महिला नै छिन् सीता भण्डारी पौडेल समय परिस्थितिले गर्दा हामीले अध्यक्षलाई भेट्न पाएनौँ । महेन्द्र नगर, भरौल, प्रकाशपुर र चतराबाट सेवा दिइरहेको चतरा बहुउद्देश्यीय सहकारीले कुनै समय सुरु गरेको बचत गर्ने बानी बसाउनका लागि १ रुपैँया बचत अभियान अहिले सम्म चालुनै रहेको व्यवस्थापक खत्री सुनाउँछन् ।

सदस्यको जिवन स्तर उकास्ने काममा लाग्दै सहकारीले भोलिको दिनमा दुध जन्य उत्पादनमा जाने योजना रहेको बताएको छ भने काउ मिल्क भनेर आफनै उत्पादनलाई प्याकेजिङ गरेर बेच्ने समेत योजना अघि सारिएको छ ।

बजारको अवस्था नराम्रो भएको बेला हौसिएर योजना बनाउने अवस्था भने नरहेको व्यवस्थापक खत्रीको स्वीकारोक्ति छ । अहिले थुपै्र सहकारी संस्थाहरुमा समस्या आएको , भनेको समयमा बचत कर्जा असुली सन्तोष जनक नहुँदा खराव कर्जा बढेको खबर बजारमा सुनिएता पनि आफुहरुलाई त्यस्तो केहि असर नपरेको दावी संस्थाको छ ।

सहकारी संस्थाहरुको भिडमा उदाहरणीय बन्दै सदस्यको जीवनस्तर उठाउन उद्धत चतरा सामुदायिक लाई थप सफलताको शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.