सगुनको कृषि क्रान्ति, ७५ जनालाई रोजगारी, सहकारीको सहुलियत पसल र कस्टम हायरिगंमा कृषकसँग सहकार्य

प्रकाश बन्जारा ।

सहकारी संस्थाहरुमा सदस्य भन्दा ग्राहकको संख्या धेरै हुँदा समस्याहरु निम्तिएका छन् । एक समय सरकारको खुकुलो र अनुदान दिने प्रलोभनमा परेर खुलेका सहकारी संस्था बग्रेल्ती भएका कृषि सहकारी र सहकारी पसलहरु अहिले धेरै झोलामा छन् । यस्तो अवस्थामा सुनसरीको इटहरी १६ मा रहेको सगुन कृषि सहकारी भने निकै राम्रो र विश्वासिलो बनेर चलिरहेको छ ।

सगुन कृषिमात्र गर्दैन सदस्यलाई कृषिमा योगदान गर्न प्रेरित गर्छ अनि आफ्नो सहकारी पसलबाट सहुलियतमा सामान मात्रै बेच्दैन यो त सदस्य र कृषकलाई सहुलियतमा कृषि औजार र हावेष्टका सामान समेत उपलव्ध गराउँछ ।

२०६७ साल चैत्र ३० गते ६० जना संस्थापक मिलेर कृषिका योजनामा काम गर्ने सोचका साथ दर्ता गरेको सगुन कृषि सहकारी आज साढे ३ करोड सेयर पुँजीको संस्था बनेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर १६ मा कार्यलय रहेको सगुन सम्भवत सुनसरी जिल्लामै बढी रोजगारी सिर्जना गर्ने कृषि सहकारी संस्था समेत हो ।

धेरै जसो कृषि सहकारी संस्थाहरु दर्तामा मात्रै रहेपनि सगुनले राम्रो स्थान बनाएको छ । आफ्नो सदस्य र बाहिरी सदस्यले समेत लाभ लिन सकिने गरी इटहरी २० तरहरामा सहकारीको सहुलियत पसल साथै कृषिका लागि प्रयोग गरिने रामधुनी २ मा रहेको हार्वेष्टिङ्ग र अन्य मेसिनको कस्टम हायरिङ्ग सेन्टर सहित रामधुनी र इनरुवामा सेवा केन्द्र समेत रहेको सगुन कृषि सहकारीले पछिल्लो समय बचत तथा ऋणको कारोबार घटाउँदै लगेको यसका संचालक अध्यक्ष कमल कान्त राई बताउँछन् ।

सगुनको बारेमा बुझ्ने इच्छा भएपछि हामीलाई राइले आफ्नो व्यस्त समय दिए त्यहि समयमा हामीले राईसँग सगुनलाई बुझ्ने प्रयास गर्यौँ ।

६० जनाले १० लाख सेयर पुँजीमा २०६७ साल चैत्र ३० गते डिभिजन सहकारीमा दर्ता गरेको सगुन कृषि सहकारी पहिले उदेश्य कृषि भएपनि बचत तथा ऋण सहकारी खोल्ने योजनाका साथ डिभिजन सहकारी पुगेको थियो पछि रजिष्टारले तपाईहरुको उदेश्य अनुरुप कृषि सहकारीमा जानु राम्रो हो भनेपछि कृषि सहकारीमा गएको रहेछ ।

स्थापनाको पहिलो साल बिउ उत्पादन गर्न भनेर कार्य थालनी गरेको संस्था धान काट्ने बेलामा आएको पानीले धानै डुवाएपछि सपनाहरू झण्डै दुवेका थिए तर अव आफैँ कृषि नगर्ने बरु सदस्यमार्फत गर्ने भन्ने निती लिएर सगुनले विस्तारै कृषि केन्द्रित कारोबार गर्न थालेको थियो । भोला काजी बस्नेत, टिका दत्त वन, कमल कान्त राईहरू सगुनको स्थापनाकालका हस्ति हुन र अहिले पनि छन् ।

अहिले हामीले ३ बर्षदेखि कृषि यन्त्रहरू कस्टम हायरिङ्ग मार्फत सहज रुपमा उपलव्ध गराइरहेको सदस्यलाई लक्षित गरेर सुरु गरेको सगुनले इटहरीको तरहरामा सहकारी पसल समेत सञ्चालन गरेको छ जहाँ संस्थाको ३ करोडको लगानी रहेको बताउँछ ।
ऐन अनुरुप शुरुमा ३० प्रतिशत बचत तथा ऋणको पनि कारोबार गर्दै आएको संस्थाले अहिले भने विस्तारै बचत तथा ऋणको भोलुमलाई घटाउँदै लगेको बताउँछ

संस्थाको शेयर पुजी अहिले ३ करोडको ६ हजार ५ सय बढी सेयर सदस्य बार्षिक ३५ करोड रुपैँया भन्दा बढिको बार्षिक कारोबार सगुनको विशेषता हो । रामधुनी, तरहरा, इनरुवा र इटहरी १६ कार्यलय भएको स्थान गरेर ४ वटा सेवा केन्द्र र कस्टम हायरिङ्ग साथै सहकारी पसल गरेर ६ वटा ठाउँबाट सेवा प्रवाह गरिरहेको सगुन कृषि सहकारीले ७५ जनालाई प्रत्यक्ष रोजगार दिएको अध्यक्ष कमल कान्त राईले बेष्ट सञ्चारलाई सुनाए ।

धेरै संस्थाहरु सदस्यको सहभागिता न्युन भएका कारण समस्यामा छन् तर सगुनमा त्यस्तो समस्या छैन । कृषि सहकारी भएको हिसावले पनि सहकारी पसल र कस्टम हायरिगको सेवा उपभोग गर्न सदस्य बनिरहन पर्दैन बनेका सदस्यलाई संस्थाको सेवा सुविधा लिन अध्यक्ष राइले अनुरोध गरे । सानो भएपनि नियमित बचत गर्नुहोस आजको सानो बचत भोलिको लागि ठुलो बन्न सक्छ राइको अनुरोध छ ।

धेरै जसो सहकारीका सहुलियत पसलहरु घाटामा रहेको सुनिन्छ कोरोना महामारी र आर्थिक मन्दिबिच सगुनले पनि निकै कष्ट व्यहोरेको त पक्क रहेछ तर अहिले पसलले आफ्नो खर्च धान्दै रहेको तर घाटामा भने नरहेको अध्यक्ष राई सुनाउँछन् ।

आर्थिक मन्दीबाट आक्रान्त बजारमा एउटा संस्थामात्रै अछुतो रहने भन्ने सवाल रहेन । ऋण लिएकाहरुले समयमा कर्जा बुझाउन नसक्दा संस्थालाई गाह्रो त अवश्य छ तर अरु जस्तो समस्या कृषि सहकारीमा छैन रहेछ ।

कृषि सहकारी हरुलाई मल विउ लिने बेलामा चिनि लिने बेलामा कृषि कम्पनी, साल्ट टे«डिङ्गले निकै सास्ती दिने गरेका छन् । माग नभएको बेलामा थुप्रो लगाइदिने अनी माग भएका बेला उपलव्ध नगराउने समस्याले कृषि सहकारीहरू समस्यामा रहेको सगुनको व्यथा हामीले बुझ्यौँ । ‘कहिले समयमा मल विउ दिँदैनन् त कहिले आवश्यक भन्दा बढी जबरजस्ती थमाउँछन् लिएन भने इजाजत नै रद्ध गर्ने सम्मको काम हुने गरेको छ । ’ राईले गुनासो गरे । यसको समाधान नीतिगत रुपमै हुनुपर्ने उनिहरुको बुझाई छ ।

सहकारी संस्थाहरुमा समस्या आएका खबरहरु पनि सुनिन्छन् के भयो भने समस्या नआउला हाम्रो प्रश्नमा राई भन्छन् ।
‘सहकारीमा सदस्यहरुको पनि सहकार्य हुन परो । संस्था सदस्यबाट चल्यो भने समस्या आउँदैन सञ्चालकको हाली मुहाली रोक्नुपर्छ अनि अहिलेको अवस्थामा लिएको कर्जाको २० लाख मिनाहा हुन्छ भन्दै हिँडेकाले केहि वितृष्णा बढाएको छ उनिहरुलाई सरकारी तवरबाट उत्साहित बनाउने काम गर्नुहुदैन । ’ नियामक निकायले समय समयमा नियमन र अनुगमन गर्ने र गलत गर्नेलाई कारवाही गर्ने गर्यो भने समस्या नआउने राईको भनाई छ ।

सगुनले निकट भविश्यमा महिलाले सञ्चालन गर्न सक्ने प्रकारका मेसिन औजारहरू समेत संस्थामा थप्ने योजना बनाइरहेको रहेछ त्यतिमात्रै नभएको दूधबाट उत्पादन गर्न सकिने बिभिन्न उत्पादन गर्ने अनि तोरीको उत्पादन सुनसरीमा पनि गर्न सकिन्छ भने कृषिलाई तोरीमा प्रोत्साहन गर्दै यसको काम थाल्ने तयारी सगुनको रहेछ ।

स्थानीय सरकारसँग सहकार्य गर्न सके बाँझा र बिभिन्न आकारमा भएका उत्पादन भूमिलाई कृषि यन्त्रले सम्याएर आली काटेर उत्पादन लगाउन सके २५ प्रतिशत सम्म उत्पादन बढाउन सकिने राईको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.