इटहरी । झुम्का जेसिजले पिपलको पातमा लेखिएको व्याज लगाउँदै सप्ताह व्यापी कार्यक्रम शुभारम्भ गरेको छ ।
झुम्काको कल्पवृक्ष पार्टी प्यालेसमा आयोजना गरिएको जेसिज सप्ताह को शुरुवात तथा तीजको दर खाने कार्यक्रममा अतिथिहरू पिपलको पातमा अतिथी लेखिएको व्याजमा सजिएका थिए ।
शनिवार तीजको दर खाने कार्यक्रम गर्दै शुरु भएको सप्ताह व्यापी कार्यक्रम असोज ६ गते माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला गर्दै सम्पन्न हुने बताइएको छ ।