बाल दिवसमा रामधुनी इंग्लिस स्कुलको प्रभातफेरी र सांस्कृतिक कार्यक्रम

इटहरी । रामधुनी नगरपालिका वडा नम्बर १ मा रहेको रामधुनी इंग्लिस स्कुल एण्ड कलेजको आयोजनामा बाल दिवसको अवसरमा झुम्का बजारमा प्रभातफेरी गरिनुका साथै सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

बाल दिवसको अवसरमा बालबालिकालाई श्रममा नलगाआँै, बालबालिकाको अधिकारको हित गरौँ लगायतका नारा लगाउँदै झुम्का बजार परिक्रमा गरिएको थियो भने कल्पवृक्ष पार्टी प्यालेसमा गायन, नृत्य,कविता बाचन तथा अन्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

विद्यालयका निर्देशक होम बहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका सञ्चालकहरु मोती लिम्बु, चुडामणि , मनिष गेलाल लगायतले विशिष्ट अतिथिको रुपमा उपस्थित भएका थिए ।

सुमित बुढाथोकीले स्वागत मन्तव्य राखेको कार्यक्रममा कार्यक्रमबारे प्रकाश पार्दै विद्यालयका अनिल बरालले बाल दिवसको महत्व बताए ।
सोहि कार्यक्रममा विद्यालयले अघिल्लो बर्ष सन्चालन गरेको बिभिन्न कार्यक्रममा उत्कृष्ट प्रस्तुती गर्ने छात्र छात्रालाई पुरस्कार वितरण गरिएको थियो गत एसईईमा विद्यालयकै उत्कृष्ट जिपिए ल्याउने पशुपति मेहता र उत्कृष्ट अंक ल्याउ उत्तिर्ण हुने आकृति खड्कालाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रम विद्यालयका सहायक प्रध्यानाध्यापक केदार दाहालले सञ्चालन गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.