नगरभरीको विद्यालय स्तरिय गायन प्रतियोगिता गरेर रामधुनीले मनायो बालदिवस, युनिक एकेडेमीका लेजेन्ड नेपाल प्रथम

प्रकाश बन्जारा ।
इटहरी । बालमैत्री स्थापना दिवस तथा बालदिवस २०८० को अवसरमा रामधुनी नगरपालिका र नमुना नगर बाल सञ्जालले नगरस्तरीय अन्तर विद्यालय गायन प्रतियोगिता गर्दै मनाएको छ ।

रामधुनी ६ को आदर्श मावि बक्लौरी मा आयोजना गरिएको नगरका विद्यालय स्तरिय गायन प्रतियोगितामा रामधुनी ५ को युनिक एकेडेमीमा छात्र लेजेन्ड नेपाल प्रथम बनेका छन् ।

अन्तिम प्रतियोगीको रुपमा रहेका लेजेण्डले ट्राक बाहिर आफ्नो समुहको गितार र ड्रमको धुनमा आफ्नो गीत प्रस्तुत गरेका थिए ।
३ सय पूर्णांकको प्रतिस्पर्धामा १९९ अंक ल्याउँदै लेजेण्डको शव्द, धुन र समयको आधारमा उत्कृष्ट घोषित गरिएको निर्णायक सत्यनारायण चौधरीले बताए ।

 

प्रतियोगितामा भासि मावि रामधुनी १ की छात्र प्रेरणा सेन्चुरी द्धितीय, जनता मावि सिंगीयाकी सन्जा गिरी तृतीय र तेह्र बालबालिका विद्यालयकी रिस्ता बस्नेत तृतीय घोषित भए भने सान्त्वना पुरस्कारको रुपमा अन्नपूर्ण एकेडमीकी छात्रा सपना राई घोषित भइन ।

रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरबालसञ्चालका पूर्वअध्यक्ष सुगम झाले स्वागत गरेको थिए भने रामधुनी नगरपालिकाको शिक्षा शाखा प्रमुख राजन गेलालले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा रामधुनी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष शिवशंकर राजधामी, आदर्श मावि बक्लौरी का प्रअ रविन्द्र पौडेल, रामधुनी नगरपालिकाकी निवर्तमान उपप्रमुख सविना चौधरीले शुभकामना मन्तव्य राखेका थिए ।

रामधुनी नगरमा नीजि तथा सामुदायिक विद्यालय गरी १६ वटा विद्यालयका बालबालिकाले गायन प्रतियोगितामा सहभागिता जनाएका थिए । कार्यक्रम नगरबालसन्जालका तर्फबाट आकृषि खड्का, सुनिल बस्नेत, छवि रमण दाहालले संचालन गरेका थिए ।

कार्यक्रममा रामधुनी नगरपालिकाकै अपांग सहायता सहजकर्ता आशिस काफ्ले सहित , अनमोल बालसन्चाल, बाक्लौरी बाल सन्जालका प्रतिनिधि र शिक्षकले समेत गायन र नृत्य प्रस्तुत गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.