झुम्काका ५ सहित कोशी प्रदेशका ५६१ सहकारीलाई रजिष्ट्रार कार्यालयको खबरदारी, वित्तीय विवरण नबुझाए खारेजी सम्म हुन सक्ने

इटहरी । प्रदेश सहकारी रजिष्ट्रारको कार्यलय कोशी प्रदेशले समयमा वित्तीय विवरण तथा साधारणसभाको जानकारी नगराउने ५६१ वटा सहकारी संस्थालाई समयमा आफ्नो विवरण बुझाउन ताकेता गरेको छ ।

रामधुनी नगरपालिका क्षेत्रमा रहेका ५ सहित प्रदेश भरीका ५६१ वटा सहकारीले गत आर्थिक बर्षमा आफ्नो वित्तीय विवरण रजिष्ट्रार कार्यालयलाई नपठाएको भन्दै उनिहरुलाई सहकारी ऐन अनुरुप कारवाही गरिने र अझै अटेर गरे सहकारी ऐन बमोजिम खारेजी सम्म हुने भन्दै नाम सार्वजनिक गरेको हो ।

यसरी आफ्नो वित्तीय विवरण नियामक निकायमा नपठाउने सहकारी संस्थाहरुमा रामधुनी नगरपालिकाको झुम्कामा रहेका ५ वटा सहकारी संस्था छन् ।

रजिष्टार कार्यालयले प्रकाशित गरेको सुची अनुरुप क्रम संख्या ४२४ देखि ४२८ सम्म रामधुनी १ झुम्काको निर्धन ग्रामिण बचत तथा ऋण सहकारी संस्था, रामधुनी १ कै मैत्री बचत तथा ऋण सहकारी संस्था, र सुचना तथा संचार संघ लिमिटेड रेका छन् भने रामधुनी ८ को नव जागरण महिला कृषि सहकारी संस्था र रामधुनी २ मा रहेको दाना ग्रामिण बचत तथा ऋण सहकारी संस्था समेतले वित्तीय विवरण नबुझाएको प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यलय इनरुवा सुनसरीले बताएको छ ।

यस अघि रजिष्टार कार्यालयले ६० वटा सहकारी संस्थाको नाम सार्वजनिक गर्दै २ बर्षदेखि कुनै पनि गतिविधि जानकारी नगराएको भन्दै उनिहरुलाई खारेजीको प्रक्रियामा लैजान लागेको बताएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.