लागुऔषध ब्राउनसुगर सहित इटहरी १७ का भुवन गिरी झापाको गिरीबन्धु टि स्टेटबाट पक्राउ

इटहरी । इटहरी १७ का भुवन गिरी लागुऔषध ब्राउन सुगर सहित झापाको गिरीबन्धु टि स्टेटको चिया बगानबाट पक्राउ परेका छन् ।

प्रदेश प्रहरी कार्यालय कोशी प्रदेशले जनाए अनुसार गिरी सहित मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानबाट बिहिवार साँझ प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको सुन्दरहरैचा नगरपालिका ३ त्रिवेणी चोकमा लागुऔषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४८ बर्षीय नेत्र बिनोद भट्टराईलाई ५१ ग्राम ६५ मिलिग्राम लागुऔषध ब्राउनसुगर, डिजिटल तराजु १ थान र नगद ७ हजार सहित पक्राउ गरेको हो ।

यसैगरी झापाको अर्जुनधारा नगरपालिका(११ गिरी बन्धु टि स्टेटको चिया बगानबाट सुनसरीको ईटहरी १७ का २६ बर्षीय भुवन गिरी र बाह्रदशी गाउँपालिका झापाका ३० बर्षीय शुशिल तामाङ २१० मिलिग्राम लागुऔषध सहित पक्राउ परेका हुन् भने अर्जुनधारा नगरपालिका(११ का ४० बर्षीय बिनोद प्रधानलाई १ ग्राम ८२० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.