प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

इटहरी । झापाको बाह्रदशी गाउँपालिका ४ बाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार राती साढे १० बजे लागु औषध किनबेच हुदैछ भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी फुलबारीबाट खटिएको प्रहरी टोलीले २६ बर्षीय सल्मान आलमलाई निजकै घरबाट ७ ग्राम प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका आलमको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.