इटहरी उपमहानगरका सामुदायिक विद्यालयमा पन्ध्र रुपैँयाको दिवा खाजा, अव मासु र पनिर पनि

इटहरी । इटहरी उपमहानगरका नगरप्रमुख हेमकर्ण पौडेलले दिवा खाजामा सरकारले पठाइरहेको बजेटमा नगरको अनुदान वृद्धि गरी मासु र पनिर सम्म ख्वाउने गरीको व्यावस्था गरेका छन् ।

दिवा खाजा राम्रो नभएको गुनासो आइरहेको अवस्थामा मेयर पौडेलले इटहरीस्थित सामुदायिक विद्यालयका छात्रछात्राहरुलाई गुणस्तरीय खाजा खुवाइन रुटिन सहित व्यावस्था गरिदिएका छन् ।

यसअघि प्रति विद्यार्थी १५ रुपैया उपलब्ध गराउँदै आएकोमा अब भने दहिचिउरादेखि मासु र पनिरसमम खुवाइने भएको छ । संघीय सरकारबाट प्राप्त १ करोड ९८ लाख रुपैयाँ ८४ हजार रुपैया अनुदान र बाँकी उपमहानगरपालिकाको लगानी रहने गरी चालु आर्थिक वर्षमा नौ करोड ३२ लाख ६ हजार २० रुपैयाँ ८८ पैसाको लागि टेण्डर खोलेको छ ।

विद्यार्थीलाई आइतबार प्रति विद्यार्थी २१० ग्राम हुने गरी तीन किसिमका फलफूल खुवाउनुपर्नेछ । यस्तै, सोमबार भुटेको अण्डा र चिउरा, मंगलबार मिक्स गेडागुडीसँगै चिउरा खुवाउपर्नेछ । बुधबार चामलको खीर र तरकारी खुवाउनुपर्नेछ । विहीबार दही, चिउरा र तरकारी, शुक्रबार खसी वा कुखुराको मासु र चिउरा खुवाउनुपर्नेछ । शाकाहारीका लागि भने मटर–पनीर र चिउरा खुवाउनुपर्नेछ ।

नेपाल सरकारले दिवा खाजा कार्यक्रमअन्तर्गत कक्षा १ देखि ६ सम्मका विद्यार्थीलाई खाजा खुवाउँदै आएको छ । संघीय सरकारले स्थानीय तहमार्फत विद्यार्थीको दिवा खाजाको रकम विद्यालयलाई प्रदान गर्दै आएको थियो । तर, विद्यालयमा समयमै रकम नआउने र अत्यन्त थोरै रकम आउँदा गुणस्तरीय खाजा खुवाउन सक्ने अवस्था थिएन ।

इटहरीमा ५० वटा शिक्षालयमा दिवा खाजाको व्यवस्था छ । यी विद्यालयका आठ हजार २८ जनाले खाजाको सुविधा पाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.