युएई र विदेशमा हुने नेपालीलाई इसेवाको अफर, भिडियो बनाएरै जित्न सकिन्छ बिस हजार नगद

युएई । ईसेवा मनिट्रान्सफरले युएईमा बसेका नेपालीलाई लक्षित गरेर सृजनात्मक कला सहितको भिडियो प्रतियोगिता आयोजना गरेको छ ।

ईसेवा मनिटान्फर युएई स्टार नाम दिइएको प्रतियोगितामा सेप्टेम्बर १५ देखि अक्टोबर १४ सम्म गायन, नाच, अभिनय तथा सृजनात्मक तरिकाले बनाएको भिडियो मार्फत प्रतियोगितामा भाग लिन सकिने ईसेवा मनि ट्रान्सफर युएईका लागि रिलेसनसिप म्यानेजर इश्वर अधिकारीले बताए ।

“युएईमा हुनुहुन्छ र तपाईंसँग भएको कुनै पनि कला जस्तै गायन, नाच, अभिनय कुनै प्रकारको सृजनात्मक तरिकाबाट बनाएको भिडियो पठाएर यो प्रतियोगितामा भाग लिन सकिनेछ। “ईसेवा मनि ट्रान्सफरले भनेको छ ।

प्राप्त उत्कृष्ट भिडियोहरु छनोट गरी अक्टोबर १४ सम्म एकएक गरी ईसेवा मनि ट्रान्सफर युएई फेसबुक पेज मार्फत पोस्ट गर्ने र थप १० दिन प्रतिस्पर्धाको लागी समय दिर्दै सबैभन्दा बढी हेरिएको , तथा लाइक र कमेन्ट आएको भिडियोलाई बिजेता घोषित गरी २० हजार १० हजार नगद पुरस्कार प्रदान गर्ने इसेवा मनिटान्सफर युएई ले बताएको छ ।

योजनाको अन्तिम सबै भन्दा बढी हेरिएको, र लाइक प्राप्त को आधारमा २ जनालाई बिजेता घोषणा गरी पुरस्कार प्रदान गरिने बताइएको छ
पुरस्कार रकम बिजेताको नेपालको बैंक खाता अथवा इसेवा मोबाईल एप्पमा प्रदान गरिने समेत कम्पनीले जनाएको छ ।

युएईमा रहेका नेपालीलाई धेरै भन्दा धेरै बैद्यानिक रेमिट्यान्सको बारेमा जानकारी दिने उदेश्यले यस्तो प्रकारको कार्यक्रमको परिकल्पना गरिएको रिलेसनसिप म्यानेजर अधिकारीले बेष्ट सञ्चारलाई बताए ।

प्रतियोगिता भिडियो बनाउदा आफ्नो परिचय छोटकरीमा, नाम, नेपाल घर, अहिलेको बसोबास रहेको स्थान बताउनु पर्ने साथै ईसेवा मनि ट्रान्सफर सम्बन्धी अथवा विशुद्ध कलाकारमा रहेको कला दर्शाउने खालको कला समेटिएको भिडियोमा कुनै न कुनै तरिकाले ईसेवा मनि ट्रान्स्फरको नाम कम्तीमा पनि २ चोटी आएको हुनुपर्ने छ । ईसेवा युएईको फेसबुक पेज तथा मेन फेसबुक पेज अनिवार्य रुपमा लाइक तथा फलो गरेको हुने पर्ने मापदण्ड राखिएको छ ।

युएई बाहेकको देशमा रहेकाहरुले पनि अतिथी कलाकारको रुपमा प्रतियोगितामा भाग लिन सकिने कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.