इटहरी । इटहरीउपमहानगर पालिकाले सोमबारदेखि निःशुल्क शव वहान र एम्बुलेन्स सेवा सुचारु गरिएको छ ।
नगर प्रमुखको रूपमा निर्वाचित भएसङै हेमकर्ण पौडेलले घोषणा गरेको घर देखि घाट सम्मको योजना अन्तर्गत शब बाहन सुरु गरेको हो ।
इटहरीको जनतालाई निः शुल्क रुपमा सेवा दिने उदेश्यले इटहरी क्षेत्र भर निः शुल्क रुपमा एम्बुलेन्स र शब बाहन सुरु गरेको हो ।
एम्बुलेन्स र शब बाहान सन्चालन कार्यबिधि बनाइ सोमबारदेखि लागु हुने गरि निसुल्क सेवा सुरु गरिएको
नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।
इटहरी उप महानगरपालिकाले आफ्नो जनताको लागि घर देखि घाट सम्म शव वहान र घर देखि इटहरी अस्पताल सम्म निः शुल्क संयुक्त रुपमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगर प्रमुख पौडेलको भनाई छ ।
नगर प्रमुख पौडेलले आफु निर्वाचित भए देखि नै इटहरी अस्पताल बनाउन दिन रात खटेको बताउदै एक बर्ष भित्रमा इटहरी अस्पतालमा ब्यापक सुधार हुने बताए । इटहरीको जनता उपचारको लागि धरान इटहरी जानु नपरोस भन्ने आफ्नो उदेश्य रहेको प्रमुख पौडेलले बताए ।
पछिल्लो समय अस्पतालमा बिरामीको चाप अत्याधिक बढेको भन्दै एम्बुलेन्स र शववाहनको अभाव सुरु भएको कारण जनतालाई निः शुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख पौडेलले जानकारी दिए । अस्पतालमा बिशेषज्ञ डाक्टरहरुको सुबिधा भए सँगै बिरामीको संख्या बढ्दै गएको छ ।