धरानमा स्कुल बसले ठक्कर दिँदा स्कुटरमा सवारको मृत्यु, झापामा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

इटहरी । सुनसरी र झापाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । शनिवार सुनसरीको धरानमा को १ क ११५९ नम्बरको स्कुलबसले प्र१.०२.०५२ प १९५२ नम्बरको स्कुटरलाई ठक्कर दिंदा घाईते भएका २६ बर्षिया अम्बिका माखिमको मृत्यु भएको छ ।

स्कुटर चालक पर्सा घर भई बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत प्रभु दयाल चौधरी र पछाडी सवार निजको श्रीमती २६ बर्षीया अम्बिका माखिमलाई उपचारको लागी घोपा लगिएको थियो । उपचारको क्रममा माखिमको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यसैगरी झापाको कमल गाँपालिका ३ बोहोरा टोलमा दक्षिणबाट उत्तर तर्फ आईरहेको मे.११ प ९२०३ नम्बरको मोटरसाईकल र बिपरित दिशा तर्फ गई रहेको गई रहेको मे. २ प ५९२३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका ९२०३ नम्बरको मोटरसाईकल चालक कमल गाउँपालिका  ३ का ३० बर्षीय बिरेन्द्र सहनीको उपचारको क्रममा लाईफ लाईन अस्पताल दमकमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दुर्घटना भएका सवारी तथा चालकलाई समेत नियन्त्रणमा लिई प्रहरीले थयप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.