इटहरी र रामधुनीमा पानीमा डुब्दा २ जनाको मृत्यु

इटहरी । सुनसरीको दुई छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यलय काशीले जनाए अनुसार आइतबार राती ८ बजे सुनसरीको रामधुनी नगरपालिका २ तित्रिवन टोलका गुलुम मन्सुरका १ बर्षीय छोरा अमर मन्सुर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेर घाईते भई उपचारको लागी जिल्ला अस्पताल इनरुवा सुनसरी पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।

यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका ४ मनकामना चोकमा रहेको जेष्ठ नागरिकको मन्दिरमा पुजारीको काम गर्ने भोजपुरको टेम्केमैयुङ ७ का ५५ बर्षीय केशब नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.