इटहरीको भारी करवृद्धि समायोजन गर्न समाजवादी मोर्चाले बुझायो मेयरलाई ज्ञापन, मेयरले भने ‘जनताको मेयर हुँ एक्लै हिड्दिन’

प्रकाश बन्जारा । इटहरी उपमहानगरपालिकाले गत नगरसभाको आर्थिक ऐन मार्फत भारी मात्रामा कर वृद्धि भएको भन्दै समाजवादी मोर्चा इटहरीले नगरप्रमुख हेमकर्ण पौडेलको ध्यानाकर्षण गराएको छ ।

जनता समाजवादी इटहरी नगर कमिटी, नेकपा माओवादी केन्द्र इटहरी उपमहानगर कमिटी, नेकपा एकिकृत समाजवादी इटहरी उपमहानगर कमिटी र विकल नेतृत्वको नेकमा माओवादीको इटहरी कमिटीका अध्यक्ष सहित उपमहानगर पुगेका पदाधिकारीले नगरपमुखलाई भेट्दै कर बढाएर जनताको ढाड सेक्ने काम भएको बताएका हुन ।

नगर प्रमुखको ध्यानाकर्षण गराउने क्रममा बोल्दै नेकपा माओवादी केन्द्र इटहरी उपमहानगर कमिटीका अध्यक्ष बहादुर सिंह तामाङ्ग ले सबै पार्टीले पार्टीगत रुपमा ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाइसकेको भएता पनि समाजवादी मोर्चाको तर्फबाट ४ पार्टीले सयुक्त रुपमा ध्यानाकर्षण गराउन आफुहरु उपस्थित भएको बताए ।

तयार गरिएको ज्ञापन पत्र चार पार्टीका नगर कमिटी अध्यक्षहरुले सयुक्त रुपमा नगर प्रमुखलाई हस्तान्तरण गरेका थिए । ज्ञापन पत्र बढेर सुनाउँदै नेकपा एकिकृत समाजवादीका इटहरी अध्यक्ष गणेश बुढाथोकीले बैज्ञानिक कर प्रणालीको नाममा हचुवाको भरमा कर वृद्धि गरिएको बताए ।

८४१ प्रतिशत सम्म कर वृद्धि गरिएको उनिहरुको ठहर छ । यता नगरप्रमुख हेमकर्ण पौडेलले भने कार्यपालिकाले गठन गरेको करवृद्धि अध्ययन समितिले प्रतिवेदन बुझाइसकेको बताउँदै उक्त प्रतिवेदन उपलव्ध भएपछि राजश्व परामर्श समितिमा छलफलका लागि लैजाने र त्यसको सुझावको आधारमा आगामी नगरसभाबाट कर समायोजन गर्न सकिने बताए ।

जनताको मेयर भएकाले आफुपनि सबै दुखि हुँदा दुखि नै रहेका तर्क गरेको थिए । २०७५ सालमा मुल्यांकन परिमार्जन गरिएपछि मुल्यांकन परिमार्जन नगरिएको र एकैचोटी परिमार्जन हुँदा बढी लागेको बताउँदै कतिपय अवस्थामा जनताले दिएको सुझावलाई समेत हेरेर जग्गाको मुल्यांकन बढेको मेयर पौडेलले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.