इटहरीको दुर्गा बचत तथा ऋण सहकारीको साधारणसभा सकियो, चालु आर्थिक बर्षमा १४ सय सेयर सदस्य थप गर्ने

प्रकाश बन्जारा ।
इटहरीमा मुख्य कार्यलय रहेको दुर्गा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो इकाइ गत साधारणसभा शनिवार सम्पन्न गरेको छ ।

गत १९ गते धरानबाट सुरु गरेको साधारण सभा कालाबन्जार, खनार हुँदै शनिवार अन्तिम साधारण सभा इटहरीको आफ्नै दुर्गा पार्टी प्यालेसमा सम्पन्न गरेको हो ।

संस्थाका भुपु अध्यक्ष राजेश श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा प्रमुख अतिथिको मन्तव्य राख्दै राजेश श्रेष्ठले संस्थाले सदस्यहरुलाई आफुले दिँदै आएको सेवाको बारेमा बुझाउँदै लैजानुपर्ने बताए ।

दुर्गाको एप समेत रहेकोमा उक्त कुरा समेत धेरै सदस्यलाई थाहा नभएको र थोरैले मात्रै प्रयोग गर्दै आएको बताउँदै धेरै सदस्यलाई संस्थाले प्रदान गर्दै आएका सेवा सुविधाको जानकारी दिन सकेमात्रै संस्था माथि जान सक्ने श्रेष्ठले सुझाव दिए ।

संस्थाका पुर्व सञ्चालकहरुलाई सहुलियत दरमै संस्थाले ऋण दिइरहेको कुरा समेत आफुलाई ढिला गरी जानकारी भएको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै पुर्व लेखा समिति संयोजक खेमराज भट्राईले संस्थाको सबै पक्ष राम्रो देखिएको तर बचत संकलनमा अझ बढाउनु पर्ने भनाई राखेका थिए ।

संस्थाका कार्यबाहक अध्यक्ष उमेश प्रसाद पौडेलको सभापतित्वमा भएको साधारण सभाले चालु आर्थिक बर्षमा १ हजार ४ सय सदस्य विस्तार गर्ने लक्ष्य लिएको छ भने संस्थाको कोषमा हाल ८ करोड ७८ लाख रुपैयाँ रहेको संस्थामा ३७ प्रतिशत नगद तरलतासमेत रहेको बताइएको छ ।

संस्थाले आफ्नो इकाई गत साधारणसभा भदौ १९ गते धरान इकाई,भदौ २१ गते कालाबन्जार इकाई,भदौ २२ गते खनार इकाई र भदौ २३ गते दुर्गा पार्टी प्यालेस इटहरीमा गरेको छ

आर्थिक बर्ष २०७९र ८० मा सहकारीले ८ करोड ३३ लाख ५२ हजार ४८७ रुपैँया कुल आम्दानी गरेको छ भने ५ करोड ७१ लाख ४७ हजार २७४ रुपैँया खर्च गर्दै २ करोड ६२ लाख १३ हजार १७५ कर अघिको नाफा कमाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.